दुहबी / सुनसरीको भलुवामा जारी १० औं भलुवा गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत शनिबार भएको चौथो क्वाटर फाइनल खेलमा बिराटनगर सिटि फुटबल क्लब मोरंग सेमिफाइनलमा प्रवेश गरेको छ ।
खेलको निर्धारित समय सम्म बिराटनगर सिटि फुटबल क्लब र चात्या सा फुटबल क्लब दमक झापा बिच प्रतिस्पर्धात्मक भएको थियो । दुवै टिमले ३-३ गोल सहित खेल बराबरी भएपछि ट्राइबेकरमा बिराटनगर सिटि फुटबल क्लब मोरङले चात्या सा फुटबल क्लब दमक झापालाई ३-२ गोल अन्तरले पछि पार्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।
खेलको उत्कृष्ट खेलाडीमा बिराटनगर सिटि फुटबल क्लब मोरङका गोल रक्षक निशान मगर घोषित भए ।
उनलाई दुहबी वडा नम्बर ४ का वडाअध्यक्ष मुस्तकिम रैनले नगद ५ हजार तथा ट्रफि प्रदान गरे ।
आइतबारको पहिलो सेमी फाइनल खेल गढि युथ स्पोटिड्ग क्लब गढि सुनसरी र सलहेश युबा क्लब सिराहाका बिच हुने आयोजक गोल्डेन स्टार युथ क्लब भलुवा गोल्डकप कमिटीका अध्यक्ष पशुपति कुमार सरदारले जनाए ।