दुहबी / सुनसरीको भलुवामा जारी १० औं भलुवा गोल्डकप फुटबल प्रतियोगिताको आज बिहीबार भएको दोस्रो क्वाटर फाइनल खेलमा रारा फुटबल क्लब धनकुटा सेमिफाइनलमा प्रवेश गरेको छ । आयोजक गोल्डेन स्टार युथ क्लब भलुवालाई ३-० गोल अन्तरले पाखा लगाउदैं रारा फुटबल क्लब धनकुटा सेमिफाइनलमा प्रवेश गरेको हो ।
खेलको उत्कृष्ट खेलाडी रारा फुटबल क्लब धनकुटाका खेलाडी राम वाजी घोषित भए ।
उनलाई कोशी प्रदेश सांसद सुनिता गच्छदारले नगद ५ हजार तथा मेडल प्रदान गरिन ।
शुक्रवारको तेस्रो क्वाटर फाइनल खेल ४ वटा बिदेशी खेलाडीहरुले भरपुर सहलेस युवा क्लब सिराहा र सशस्त्र प्रहरी बल कोशी प्रदेशका बिच हुने आयोजकले जनाएको छ ।