दुहबी / दुहबी ७ भलुवा खेलमैदानमा आजदेखि १० औ भलुवा गोड कप फुटबल प्रतियोगिता शुरु भएको छ। प्रमुख अतिथि दुहबी नगर प्रमुख बेद गच्छादारले बेलुन उडाएर खेलको उद्घाटन गरेका थिए। कार्यक्रममा दुहबी ७ का वडा अध्यक्ष बिजय चौधरी, नगर उपप्रमुख मेनुका खतीवडा, प्रमुख प्रशासकीय अधिकृत हिमालय बराल, दुहबी ३ का अध्यक्ष माधव भण्डारी, ९ का अध्यक्ष मेहेदि हुसैन लगायत उपस्थिति रहेका थिए।
उद्घाटन खेल गढि युथक्ल्व र रास्त्रीय जागृति क्लव इटहरि बिच भएको थियो।
आज भलुवामा भएको उदघाटन खेलमा रास्ट्रिय जागृती क्लब इटहरीलाई २-१ गोल अन्तरले पाखा लगाउदैं गढी युथ स्पोर्टिङ क्लब सेमिफाइनलमा प्रवेश गरेको हो ।
भोलीको दोस्रो क्वाटर फाइनल खेल रारा फुटबल क्लब धनकुटा र आयोजक गोल्डेन स्टार युथ क्लब भलुवाका बिच हुनेछ ।
खेलको उत्कृष्ट खेलाडी गढी युथ स्पोर्टिङ क्लबका खेलाडी बिरेन्द्र लिम्बू घोषित भए । उनलाई दुहबी नगर प्रमुख बेदनारायण गच्छदारले नगद ५ हजार तथा मेडल प्रदान गरे ।
उद्घाटन कार्यक्रमलाइ सम्बोधन गर्दै दुहबी नगर प्रमुख गच्छादारले भलुवा गोल्डकप पुर्वको इतिहास संग जोडिएको भन्दै जस्तो सुकै संकट आइपरे पनि आफु मेयर रहुन्जेल हिम्मत का साथ अगाडि बढाउने प्रतिबद्दता ब्यक्त गरे । उनले भने , ‘ भलुवा गोल्डकप को ५० औ बर्ष पुरानो आफ्नै इतिहास , स्वाभिमान , अस्तित्वर र अभिमान रहेको छ, चाहे उद्योगपति , नेता , मन्त्री आर्थिक सहयोग र हौसला दिन जुन बिन्दुमा झुक्छ झुकोस बेद गछदार त्यहि बिन्दुबाट अगाडि बढ्ने हिम्मत राख्छ, तर गोल्ड्कप गराएरै छाड्ने छु ‘ ।