दुहबी / सुनसरीको दुहबी ७ स्थित भलुवामा १० औं भलुवा गोल्डकप फुटबल प्रतियोगिता भोलि जेठ ३० गते देखि असार ४ गते सम्म संचालन हुने पत्रकार सम्मेलन मार्फत आयोजकले जानकारी दिएको छ ।
१० औ भलुवा गोल्डकप फुटबल प्रतियोगितामा रास्ट्रिय जागृति क्लब इटहरी, रारा फुटबल क्लब धनकुटा,गढी युथ क्लब गढी, नेपाल एपिएफ कोशी प्रदेश,बिराटनगर सिटि एफसि मोरङ, चात्या सा एफसि दमक, सहलेस युवा क्लब सिराहा र आयोजक गोल्डेन स्टार युथ क्लब भलुवाका बिच प्रतिस्पर्धा हुने जनाइएको छ ।
गोल्डकप फुटबल प्रतियोगिताको बिजेता टिमले उपाधी सहित ४ लाख नगद तथा शिल्ड प्राप्त गर्नेछ भने उपबिजेता टिमले २ लाख नगद तथा शिल्ड प्राप्त गर्ने उक्त प्रतियोगितामा ४१ लाख खर्च हुने आयोजक गोल्डेन स्टार युथ क्लब भलुवा गोल्डकप टुर्नामेन्ट समितिका अध्यक्ष पशुपति कुमार सरदारले जनाए ।
दैनिक प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई ५ हजार नगद तथा मेडल प्रदान गरिनेछ भने प्रतियोगिता अवधिभरका सर्वोउत्कृष्ट खेलाडीलाई १० हजार नगद तथा ट्रफी प्रदान गरिने आयोजक गोल्डेन स्टार युथ क्लब भलुवाका अध्यक्ष अनिल कुमार बिश्वासले जनाए ।
प्रतियोगिता अवधिभरका उत्कृष्ट विधा तर्फबाट ८ जना खेलाडीहरुलाई समेत पुरस्कृत गरिने जनाइएको छ । पत्रकार सम्मेलनका प्रमुख अतिथि दुहबी वडा नम्बर ७ का वडाअध्यक्ष बिजय कुमार चौधरीले शुभकामना मन्तव्य दिंदै स्थानीय क्लबलाई प्रोत्साहन गर्न फुटबल खेलमा सक्दो सहयोग गर्ने जनाए ।