दुहबी / सुनसरिको दुहबी नगरपालीका स्वास्थ्य शाखाको आयोजना प्रदेश जनस्वास्थ्य प्रयोगशालाको सहयोग र स्वास्थ्य कार्यलय इनरुवाको सहकार्यमा पालिका भित्रका बिभिन्न वडगत स्वास्थ्य कार्यक्रम अन्तर्गत प्रथम कार्यक्रम दुहबि ९ आधारभुत स्वास्थ्य साखा मा एकिकृत स्कृनिङ सिबिर सन्चालन भएको छ।
महिलामा हुनेगरेका आङ खस्ने, स्तन क्यान्सर, पाठेघर मुखको क्यान्सर, अबस्ट्रेटिक फिस्टुला, बाझोपन लगायत समस्याको पहिचान, उपचार र निराकर्ण गर्ने उदेश्यले दुहबि नगर पालिकाले यो शिबिर आयोजना गरेको थियो। वडा अध्यक्ष मेहेदि हुसैनको अध्यक्षता मा आयोजित सिबिर मा प्रमुख अतिथि दुहबि नगर प्रमुख बेद गच्छादार, उप प्रमुख मेनुका खतिवडा, BPkISH का डक्तर हरु , करुना फाउन्डेशनका प्रतिनिधि , स्वास्थ्य शाखा दुहबिका प्रमुख बिन्देस्वर प्रसाद महतो, उचित नारायण शाहा, लगाय्तको उपस्थित रहेको थ्यो।
कार्यक्रम लाइ सम्बोधन गर्दै नगर प्रमुख गच्छादारले प्रत्यक बर्ष नेपालमा १७ हजार्स्थन र पाठेघर क्यान्सर का कारण मृयु हुने महिलाको तथ्यान्क रहेपनि दुहबि नगरपालिकामा हरेक साल क्यान्सर पिडितहरुको सिफारिस लिन आउने हरेक ५० जना मध्य ३५ जना महिला स्तन र पाठेघर मुखको क्यान्सर पिडित रहेको हुदा बिगत भन्दा बिकराल स्थिति हुने देखिन आएकोले घोपा सग समन्वयन गरि यो शोबिर को आयोजना गरेको बताए। पाठेघर समस्या सरुवारोग भएको ले यस्ले धेरैलाइ समस्या परेको हुन सक्ने भए पनि महिला हरु लाज , सरम र पारिवारिक आर्थिक अभावका कारण रोग लुकाउने समस्या बढेको हुदा उनिहरुको जिउ धनको सुरक्षा गर्नु नगरपालिकाको दायित्व महसुस गरि यो कार्यक्रम को आयोजना भएको उनले बताए।
आज देखि सुरु भएको सिबिर दुहबि ९ ;; १०; र १ गरि प्रत्यक वडामा दैनिक ३ सयका दरले रोगको स्कृनिग पहिचान र निदान गरिने गच्छादर ले बताए। भबिस्यमा हुन सक्ने ठुलो क्षेति रोक्न सिबिर आयोजना गरिएको ले रोग पहिचान भएका हरुको निशुल्क उपचार गरिने हुदा सबैले यो अवसरको सदुपयोग गर्न अनुरोध गरे। ब्यानर पढेर कार्यक्रमको उद्घाटन गर्दै गच्छादार ले भौतिक पुर्वाधार निर्माणको काम रोकेर वा सरकारले बजेट कटौति गर पनि जनस्वास्थ्यको बजेट कटौति नगरि सुलभ स्वास्थ्य सेवा प्रवाह गरिने बताए। उपप्रमुख मेनुका कह्तिवडाले महिलाको मृत्युको कारक रोग बारे पहिचान र निधान गर्न आफु रतिबाद्द रहेको बताइन्।