सुनसरी/ पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कञ्चनरुप नगरपालिका–९ विष्णु मन्दिर नजिक आज बिहान २ बजेर ४० मिनेटमा कार र पिकअप एक आपसमा ठोक्किएर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । दुर्घटनामा परेर दुहबी ५ का युवा ब्यबसायी हरेराम साह र दुहबी ३ कि स्वास्थ्य स्वंम सेविका राजकुमारी चौधरीको मृत्यु भएको छ ।
सप्तरीका प्रहरी प्रमुख एसपी नरेन्द्रकुमार कार्कीका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा १८ च ६६१७ नम्बरको कार र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश २–०२–००१ च ०७४६ नम्बरको घोडा बोकेको पिकअप एक आपसमा ठोक्किएर दुर्घटना भएको हो ।
प्रहरीका अनुसार मृत्यु हुनेमा कारमा सवार रहेका सुनसरीको दुहबी नगरपालिका बस्ने राजकुमारी चौधरी र हरेराम साह हलुवाई रहेका छन् । उनीहरुको शव पोष्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायणसिंह अस्पताल ल्याइएको छ । उक्त दुर्घटनामा परी १२ जना घाइते भएका छन् । उनीहरुको धर्मेस्वर अस्पताल रुपनगरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि विराटनगर रिफर गरिएको छ । घटनामा पिकअपमा रहेको दुईवटा घोडाको पनि मृत्यु भएको छ ।