सुनसरी मोरङ सिंचाइ आयोजना जल उपभोक्ता संस्था सितागञ्ज शाखा नहर औराबनी २ सुनसरीको प्रेश बिज्ञप्ति जस्ताको तेस्तै
सुनसरी मोरङ सिंचाइ आयोजना जल उपभोक्ता संस्था सितागञ्ज शाखा नहर औराबनी २ सुनसरीको मूल नहरको समिति प्रकृया असोज मसान्त भित्रमा गरिसक्नुपर्ने परिधि रहेकोमा संस्था जोगाउन सम्बन्धित जलस्रोत समिति मोरङ र सुनसरी तथा सम्बन्धित सुनसरी मोरङ सिंचाइ आयोजनाबाट परिपत्र भए अनुसार असोज मसान्त भित्रमा संस्था गठन नयाँ समिति निर्माण न भएमा संस्था स्वत खारेज हुँने परिपत्र रहेको हुँदा सो समिति निर्माण गनृकालागि सिंचाइ सेवा शुल्क (पानिपोत) तिरेको हुनुपर्ने बिधानमा अनिवार्य उल्लेख रहेकोले शुल्क तिरेका किसानहरुले समिति निर्माणमा भाग लिन पाउँने उल्लेख रहेको छ। ५ कठ्ठा भन्दा माथि जग्गा भएका किसानहरुले मात्र सो समिमिा रहँन पाउँने बिधान अनुसार प्रावधान रहेको छ । आफुहरुले यहि २०७८ साल बैशाखमा पानिपोत तिर्नकालागि पहिलो सूचना जारि गरे अनुसार सुनसरी मोरङ सिंचाइ आयोजना जल उपभोक्ता संस्था सितागञ्ज शाखा नहर औराबनी २ बाट गाउँ–गाउँमा रकम संकलन गर्नकालागि खटाइएको अवगत गराउँन चाहन्छौ। कोरोना कहरका कारण असारदेखि सो कामलाइ निरन्तरता दिइए अनुसार ५ औं पटक भन्दा बढी सुचना जारि गरे पश्चात नयाँ समिति गठनको प्रकृया अगाडी बढाएर असोज २४ गते नियम परिधि र कानून संबत ३ हजार ६ सय ६९ जना किसानको सहभागितामा बिभिन्न सिस्टममा समिति उपसमितिहरु उक्त संस्थाको नयाँ जल उपभोक्ता संस्था सितागञ्ज शाखा समिति गठन गरिएको अवगत गराउछौं। केहि किसानहरुले प्रकृया न पुर्याइ अवैधानिक किसिमले संस्थाको समिति गठन गरेको भन्दै आरोप लगाएको भन्ने समाचार पर्चा पम्पलेट,केहि संचार मध्यमहरुमा आएको सत्यता नरेको तथा कपोकल्पित निराधार रहेको सम्पूर्ण संचार माध्यम, जल उपभोक्ता संस्था सितागञ्ज शाखा, जलस्रोत समिति मोरङ–सुनसरी,सुनसरी मोरङ सिंचाइ आयोजना लगायत आम किसान सरोकारवाला निकायहरुलाइ अवगत गराउँन चाहन्छौ। किसानको खोल ओढेर केहि राजनितिक अगुवाहरुले राजनिति गर्न खोज्दै आन्दोलनको नाम दिएर आनदोलनका संयोजककै घर अगाडी जल उपभोक्ता संस्था समिति गठन भएपनि जल उपभोक्ता संस्था सितागञ्ज शाखा नहर औराबनी २ सुनसरीको भवनमा कानूनी उपचारको बाटो हुँदाहुँदै अवैधानिक किसिमले कार्यालयमा तालाबन्दी गरेकोप्रति घोर भ्रत्सना गर्दै सोको निकास निकाल्न कानूनी बाटो रोज्ने समेत यसै बिज्ञप्ति मार्फत अवगत गराउँन चाहन्छौ।
अध्यक्ष तपनकुमार दास
सुनसरी मोरङ सिंचाइ आयोजना जल उपभोक्ता संस्था सितागञ्ज शाखा नहर औराबनी २ सुनसरी