सम्पादकीय
अनिवार्य भिसा सिस्टम गर्न किन ढिलाइ सरकार ?
अनिवार्य भिसा सिस्टम गरेर सिमानाकामा कडाइ गर्दै दरो कानुन बनाए नेपाललाई तत्कालै २ फाइदा हुन्छ
१.अपराध र तस्करी कम भएर राजस्व वृद्धि !
२.भारतमा हुने माहामारीले नेपाललाई खासै प्रभाव पार्दैन !
भारतमा दोस्रो लहर सुरु भएको एक महिनापछि नेपालमा पनि दोस्रो लहर सुरु भएको थियो! पछिल्लो समय भारतमा पनि संक्रमण बढेकाले नेपालमा स्वतः जोखिम बढेको पाइएको छ! सीमा व्यावस्थापनमा ध्यान दिनुपर्ने विज्ञहरु बताउँछन् !
महामारीसँगसँगै अघि बढ्नलाई परीक्षण समेत बढाउनुपर्ने विज्ञहरु बताउँछन् । अहिलेको अवस्थामा खोपको व्यावस्थापन र वितरण नै महामारी विरुद्ध लड्ने महत्वपूर्ण हतियार हो । लकडाउन सधैको बिकल्प न भएकाले जनस्वास्थ्यको मापदण्डसँगै भिडभाड हुने स्थानमा कडाइ गर्दै धेरै भन्दा धेरै नागरिकलाई खोप लगाउन सकियो भने ठूलो क्षतिबाट बच्न सकिन्छ। अक्सिजन, बेड र जनशक्ति तयारी अवस्थामा राख्नुपर्छ!