सम्पादकीय/ कोरोना माहामारी भएको २ बर्ष हुँदा समेत कुरोको चुरो न बुझी दिंदा झनै समस्या बढेको पाइन्छ। कोरोना सरुवा रोग भएकोले कुन वार्डको कुन टोलको कसलाई भयो तेति बुझ्न पाउँदा सबै सचेत हुन सक्ने थिए। यहाँ त मृत्यु भइ सक्दा समेत पद र पहुँचको बलबुतामा आधिकारिकता लुकाउन खोज्दा झनै समस्या भएको देखिन्छ। एउटा कुरा के बुझ्न जरुरी छ भने रोग जो कोहिलाई पनि लाग्न सक्छ तर कसलाई लागेको छ प्रष्ट हुन पाउँदा छर छिमेक साथीभाइ सचेत हुने थिए जसबाट कोरोना न्यूनीकरणमा ठूलो सहयोग पुग्ने थियो। रोग र मृत्यु लुकाएर लुक्ने कुरो होइन, लुकाउन खोज्दा अरुलाइ समस्या मात्र बढाउने हो!