सम्पादकीय/ दुहबीमा महामारीको बीचमै बजारमा मूल्य वृद्धिले उपभोक्ताको ढाड सेकिरहेको बेला नियामक निकाय भने फेरि मौन देखिएको छ। बजार अनुगमनको नाममा केही स–साना खुद्रा पसलमा अनुगमन गरेको भएपनि मूल्य बढाउन मूख्य भूमिका खेल्ने माथि भने कुनै कारबाही भएको छैन। ३ दिन अगाडी दुहबीको एक पसलमा एक सय २० मा (५० पिस एक प्याकेट) पाइने मास्क ३ सयमा अत्याधिक मुल्य वृद्धि गरेको २३ सय पिस मास्क बरामद गरेपनि हाल सम्म कुनै कार्वाही गरिएको देखिदैन। यसैगरी दुहबीमा बिल बिजक न रहेको ४६ प्याकेट चकलेट राजनिवास ३७ प्याकेट,जाफरानी जर्दा २५ प्याकेट र सैनिक खैनी ४२ प्याकेट बरामद गरिएको थियो। ३ दिन अगाडी दुहबीमा बजार अनुगमन हुँदा दुहबीमा खाधान्न लगायतका सामानहरुमा समेत मुल्य वृद्धि भएको पाइएपनि कार्वाही गराउने तिर अहिलेसम्म नियामक निकाय लागेको देखिएन। दुहबीका केही युबाहरुले एक क्रेट अण्डाको मुल्यमा २० रुपैयाँँ बढी लिएको दाबी गर्दै सादा बिलमा पसलको छाप सहित गोप्य सूचना दिएको २ दिन सम्मपनि दुहबीको अनुगमन समितीले चासो न देखाएको भन्दै युवाहरु आक्रोशित छन्। दुहबी नगरपालिकाकि उपप्रमुख तथा अनुगमन समितिकि संयोजक सुनिता दाहालशाहले दुहबीमा ३ दिन अगाडी अनुगमन गरे पश्चात् अब कार्वाही सहितको अनुगमन गर्नुपर्नेमा जोड दिएपनि हाल सम्म कोइ कसैलाई जरिवाना सहितको कार्वाही गरिएको छैन।