काठमांडौ/ पछिल्लो २४ घण्टामा नेपालभर थप ३१२२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने थप २८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९२९२ पीसीआर परीक्षणमा ३०३२ र ७८६ एन्टिजेन परीक्षणमा ९० जना गरी ३१२२ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार शनिबारसम्म कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३१३६ रहेको थियो ।
तर आइतबारको तथ्यांकमा मृतक संख्या ३१६४ पुगेको छ। हाल नेपालमा १९ हजार ३ सय ८२ जना आइसोलेसनमा छन्। कोभिड संक्रमणको दोस्रो लहर भयावह बन्दै गएको भन्दै राजधानीका तीनवटै जिल्ला प्रशासन कार्यालय एक साताका लागि बन्द । आज राजधानीका तीनवटै जिल्लामा १ हजार ४९८ जनामा संक्रमण पुष्टि भएको थियो।