छिमेकी देश भारतको सिस्टम पुर्णरूपमा फेल भइसकेको अवस्थामा नेपालको तिनै तहको सरकारलाई चुनौती थपिएको छ। सरकारका जिम्मेवार ब्यक्तीहरू अझै सभा समारोह कार्यक्रम र भाषणमा सक्रिय भएको देख्दा आश्चय लागेर आउँछ। सरकारले २५ जना भन्दा बढी भीड जम्मा नगर्नु भनेको छ। तर यो नियमलाई नेताहरूलेनै धज्जी उडाउछन।
कोरोनाभाइरसका नयाँ भेरियन्टले पहिलो छालभन्दा आक्रामक भएर संक्रमण गराउँदै वर्तमानमा दक्षिण एशियाका देश भारत बंगलादेश,पाकिस्तान र नेपालमा उल्लेखनीय संक्रमण वृद्धिले दक्षिण एशियालाई कोरोनाको ‘हटस्पट’ बनाएको छ । साथै कोभिड–१९ का गम्भीर अवस्थाका बिरामीहरूको उचित व्यवस्थापनमा यस महामारीले कडा प्रहार गरेको छ।
चीनले जसरी कोरोनाको संक्रमणलाई पूर्ण रूपमा नियन्त्रणमा लिन सफल भएको छ, यसलाई महत्वपूर्ण उपलब्धि तथा उदाहरणको रूपमा लिनुपर्ने र यसबाट अरू देश र नेपालले पनि महामारी नियन्त्रणमा पाठ सिक्नुपर्ने हुन्छ । जुन वर्तमान परिस्थितिको अपरिहार्य कदम हो।