दुहबी/सुनसरीको दुहबीमा १२ वर्षिय बालिकाको बिष सेवनबाट ज्यान गएको छ। सुनसरीको दुहबी १० स्थित सिमरीया घर भएकि १२ वर्षिय बालिका कबिता ऋषिदेबले बिष सेवन गर्दा ज्यान गएको उनका बुवा बिनोद ऋषिदेबले बताएका छन । बिनोद ऋषिदेबको भनाइ अनुसार आफू लगायत पुरा परिवार दुहबी १० स्थित रहेको एबि आई ईटा उधोग भित्र काम गर्ने सिलसिलामा बस्दै आएको र आज अचानक आफ्नी छोरी कबिताले बिष खाएको बताए।
यता कबितालाई अस्पताल ल्याउन अगाडिनै ज्यान गएको सुनसरी सामुदायिक अस्पतालले जनाएको छ। शबलाई पोस्टमार्ट्मकोलागि कोशी अस्पताल बिराटनगर पठाएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।