दुहबी/ सुनसरी जिल्लाको दुहबीमा ५० बेडको सुविधा समपन्न अस्पताल बन्ने भएको छ ।
बिगत १६ बर्ष देखि दुहबी ३ स्थित संचालनमा रहेको सुनसरी सामुदायिक अस्पतालले अब ५० बेडको सुविधा सम्पन्न आइसियू, एनआइसियू,सिटि स्क्यान लगायत सर्जरी समेत हुने हुनेगरि सो अस्पताल बन्न लागेको सुनसरी सामुदायिक अस्पतालको प्रोप्राईटर सन्तोष कुमार सिंहले जानकारी दिएका छन ।
सिंहका अनुसार दुहबी लगाईत क्षेत्र बाट जटिल अवस्थामा भएका बिरामी हरु बिराटनगर तथा धरानको अस्पताल सम्म पुग्दा पुग्दै कतिपैको बाटोमानै ज्यान सम्म जाने गरेको हुनाले सोको मध्य नजर गरि दुहबी लगायत क्षेत्रका सर्वसाधारणहरुको सेवा पुगोस भन्ने उदेश्यकासाथ पाँच तल्ले सुविधा समपन्न अस्पताल १ बर्ष भित्र निर्माण हुँने बताए । हाल निर्माणकार्य गर्न लागेको अस्पताल दुहबी २ स्थित दुहबी–ईनरुवा सडक खण्डको उत्तर साईडमा रहेको छ ।