दुहबीका सबै ५६ जनाको कोरोना भाइरसको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । थप ५० जनाको पिसिआर भोलि गर्ने तयारी गरिएको दुहबी स्वास्थ्य शाखा प्रमुख बिन्देश्वर मह्तोले बताए । दुहबी नगरपालिकाले समुदाय स्तरमा कोरोना भाइरसको संक्रमण फैलिएको वा न फैलिएको हेर्नकालागि समुदाय स्तरमा पिसिआर बिधीबाट परिक्षण सुरु गरेको हो ।