• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

प्रतिष्ठितऔद्योगिक घराना टाट पल्टियो, दुहबीका केही उधोग लगायत नौंवटा उद्योग लिलामी गर्न बैंकको सूचना

काेचिला खबर by काेचिला खबर
09/22/2020
in अर्थ
129
SHARES
586
VIEWS
Share on FacebookShare on Twitter

विराटनगर, / विराटनगरको प्रतिष्ठित औद्योगिक घराना टाट पल्टिएको छ । कुनै समय एकछत्र व्यवसाय जमाएको विराटनगरको मगन्तुराम समूह टाट पल्टिएको हो । टाट पल्टिएको समूहले लिएको ऋण असुलीका लागि बैंकले भौतिक सम्पति लिलामीको सूचना निकालेको छ ।

विराटनगरको औद्योगिक घराना मगन्तुराम अग्रवाल समूहको नौवटा उद्योग र व्यापारिक प्रतिष्ठानका नाममा रहेको अचल सम्पत्ति लिलामीको सूचना बिहीबार निकालेको हो ।

बैंकले ३५ दिने सूचना निकालेर ऋणीहरुलाई कर्जा सुविधा चुक्ता गर्न आव्हान गरेको छ । म्यादभित्र चुक्ता नभएर नौवटा फर्म, कम्पनी ८७ करोड २४ लाख ३६ हजार ६ सय ५७ रुपैयाँ धितो लिलामी हुने सूचनामा जनाएको छ ।

४० को दशकमा उदाएको औद्योगिक घराना व्यवस्थापनमा भएको कमजोरीका कारण धरासायी बन्दै गएको थियो । २०६२ सालमा कर्जा सूचना केन्द्रले मगन्तुराम समूहलाई कालो सूचीमा राखेको थियो ।

अन्नपूण सोप एन्ड केमिकल उद्योग स्थापना गरी साबुन उत्पादन गरेर आर्थिक उपार्जनको ग्राफमा उकालो लागेको समूह विस २०६० को दशकमा आइपुग्दा ओरालो लागेको थियो । उद्योग सञ्चालन गर्न नसकेपछि उक्त समूहका सञ्चालकहरु भारत पलायन भएको थिए । वाणिज्य बैंकबाट उद्योग सञ्चालनका लागि लिएको ऋणको सावाब्याज भुक्तानी नगरेपछि उद्योगका अचल सम्पत्तिको लिलामीको सूचना बैंकले प्रकाशित गरेको हो ।

उक्त समूहको सुनसरी र मोरङमा अन्नपूर्ण सोप एन्ड केमिकल, नारायण भेजिटेबल, गणेश प्लाष्टिक, जयकाली प्याकेजिङ, लक्ष्मी फुटवेयर, अन्नपूर्ण आइरन, घटस्थापना र फूलपाती इन्टरप्राइजेज रहेका छन् । जुन लामो समयदेखि बन्द छन् । उद्योगहरु खण्डहर अवस्थामा छन् ।

राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले ऋणले ब्याज तिर्न लामो समयदेखि चासो नदेखाएकाले बैंकले सबै ‘प्रोपर्टी’ आफ्नो नाममा ल्याएको बताए ।

सञ्चालकमध्येका कृष्णकुमार अग्रवाल सम्पर्कमा आए पनि उनले लोन तिर्ने विषयमा कुनै पहल नगरेकाले बैंकले लिलाम निकालेको हो ।

ऋणीहरु सम्पर्कमा आएर लोन सेटल गर्न चाहेमा ३५ दिनको समय दिइएको श्रेष्ठले बताए । मगन्तुराम समूहले लिएको ऋणको सवा र ब्याज गरी झण्डै चार अर्ब रुपैयाँ पुगेको छ ।

विसं २०३० सालमा महेन्द्र मोरङ कलेज स्थापना भएपछि उक्त कलेजमा अध्ययन गरेका मगन्तुराम अग्रवालले २०४० को दशकदेखि व्यापारमा हात हालेका थिए । उद्योगी सुशील धनावतसँगको सहकार्यमा आयात–निर्यातको व्यवसाय गरिरहेको मगन्तुरामले २०४० को दशकमा हिमालय सोप इन्डस्ट्रिज स्थापना गरे ।

साबुन उद्योगले अत्यधिक नाफा दिन थालेपछि धनावतसँगको साझेदारी तोडेर अग्रवालले आफ्ना भतिजा शंकरलाल अग्रवाललाई पार्टनर बनाएका थिए । भतिजोसँगको सहकार्यमा उनीहरुले सुनसरीकै सोनापुरमा पशुपति सोप इन्डस्ट्रिज स्थापना गरेका थिए ।

दुबै उद्योगको उत्पादनले नेपालमा एकछत्र बजार ओगटेको थियो । भतिज शंकरलालसँगको साझेदारी पनि २०४७ सालमा टुंग्याउँदै मगन्तुरामले अन्नपूर्ण सोप एन्ड केमिकल उद्योग सञ्चालनमा ल्याए । त्यसपछि मगन्तुरामका छोराहरुले उनको उद्योग सञ्चालनमा सहयोग गर्न थाले ।

मगन्तुराम समूह व्यापारी घरानाको रुपमा स्थापित भइसकेको थियो । उनका जेठा छोरा सुवोधकुमार अग्रवालले अन्नपूर्ण सोप एन्ड केमिकल इन्डष्ट्रिज प्रालिको व्यवस्थापनको जिम्मा लिएर उद्योगलाई सञ्चालन गर्न थालेका थिए ।

सामान्य आर्थिक अवस्था भएका मगन्तुरामले अन्नपूर्ण सोप एन्ड केमिकल उद्योग खोलेपछि निकै राम्रो आर्थिक हैसियत बनाएका थिए । उनलाई बैंकले समेत सफल उद्योगीको रुपमा पत्याएका थिए । त्यही छविको कारण उनले अन्य उद्योगहरु खोल्दै गए ।

आफ्ना पाँचजना छोरालाई एउटा–एउटा उद्योग जिम्मा दिएका थिए । २०५३ सालसम्म आइपुग्दा सातवटा उद्योग र दुईवटा व्यापारिक फर्म पूर्णरुपमा सञ्चालनमा आउँदा सुनसरी–मोरङ औद्योगिक करिडोरमा मगन्तुराम समूहको सबै क्षेत्रमा राम्रै वर्चस्व थियो । साबुन उद्योग र फलामे डन्डीको उद्योगमा उनीहरुसँग बजारमा प्रतिष्पर्धा गर्ने अर्काे प्रतिष्पर्धी नै थिएन ।

नारायण भेजिटेलब इन्डस्ट्रिजले क्रुट पाम आयात गरी त्यसलाई प्रशोधन गरेर भारतमा निर्यात गर्दै आएको थियो । पामको निर्यातकर्ताको रुपमा राम्रो आम्दानी गरिरहेको उद्योगको पाम आयलमा मिसावट भेटिएर २० करोडको झट्का लागेपछि मगन्तुराम समूहको औद्योगिक यात्रा ओरालो लागेको थियो ।

इन्डोनेसियाबाट २०५७ सालमा कोलकोता बन्दरगाहमा आइपुगेको पाम आयलमा जनावरको बोसो मिसाइएको भेटिएपछि कोलकोता बन्दरगाहले उक्त पाम निकासी गर्न मानेन । इन्डोनेसियाबाट २० करोडमा मगाएको पाम आयलमा निर्यातकर्ताले धोका दिएपछि मगन्तुराम समूहले २० करोड घाटा एकै पटक व्यहोरेको थियो । मिसावट भएको पाम फिर्ता लगे पनि इन्डोनेसियाको ब्यापारीले रकम फिर्ता नगरिदिएछि मगन्तुराम समूह ओरालो लागेको हो ।

एकै पटक ठूलो आर्थिक घाटा व्यहोरेको उक्त समूह २०६० सालसम्म आइपुग्दा बैंकको ब्याज र ऋणबाट थलिएको थियो । २०६३ सालमा राजस्व अपचलन, भन्सार छली र ऋण तिर्न नसकेको अभियोगमा मंगन्तुरामका जेठा र माहिला छोरा सुवोध र सुरेशलाई प्रहरीले पक्राउ गरेपछि चार वर्ष कारागारमा बसेका थिए । त्यसपछि बैंकले उक्त समूहको सबै अचल सम्पत्ति आफ्नो नाममा ल्याएको थियो ।

जेलबाट छुटेपछि सुवोध परिवारसहित भारतमा छन् । माहिला सुरेश कार्टुन र प्लास्टिकको उद्योग चलाएर बसिरहेका छन् । साइला किसन अग्रवाल कलकत्तामा छन् । काइँला दामोदर भारतको पश्चिम बंगाल राज्यको सिलिगुडीस्थित सेबोक रोडको सन्नी टावरमा बसेका छन् । छोरासँग मगन्तुराम पनि छन् । कान्छा नारायण भारतको विहार राज्यको राजधानी पटनामा पसल सञ्चालन गरेर बसेका छन् ।

मगन्तुरामले ब्यापारबाट उद्योग क्षेत्रमा हात हाल्दाका पहिलो साझेदार सुशील धनावतले आर्थिक अनुशासन कायम गर्न नसक्दा उक्त समूहको व्यवसाय ओरालो लागेको बताए ।

उनले कुनै पनि उद्योग, ब्यापार, व्यवसाय सञ्चालन गर्दा सञ्चालकले कडा आर्थिक अनुशासन पालना गरेमा मात्र त्यसले। कोशि अनलाईन

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

विद्युत् प्राधिकरणले रिलायन्स स्पिनिङ सहित ६ उद्योगका बिजुलीको लाइन काटियो ।

विद्युत् प्राधिकरणले रिलायन्स स्पिनिङ सहित ६ उद्योगका बिजुलीको लाइन काटियो ।

10/21/2025
श्रमिकको पारिश्रमिक बढ्यो,मासिक तलब १९ हजार ५ सय ५० कायम ।

श्रमिकको पारिश्रमिक बढ्यो,मासिक तलब १९ हजार ५ सय ५० कायम ।

07/17/2025
देवानगञ्ज गाउँपालिका अध्यक्ष मेहता भन्छन तरकारी निकासीमा प्रहरीले पैसा असुल्छ ।

देवानगञ्ज गाउँपालिका अध्यक्ष मेहता भन्छन तरकारी निकासीमा प्रहरीले पैसा असुल्छ ।

05/10/2025
जीवन विकास लघुवित्तको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

जीवन विकास लघुवित्तको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

03/23/2025
दुहबी नगरपालिकाको बजेट करिब १ अर्व

दुहबी नगरपालिकाको बजेट करिब १ अर्व

06/24/2024
कपडा खरीदमा अब जोगबनीकै रेट दुहबीको मिना बजारमा नगर प्रमुख गच्छादार द्वारा उद्घाटन ।

कपडा खरीदमा अब जोगबनीकै रेट दुहबीको मिना बजारमा नगर प्रमुख गच्छादार द्वारा उद्घाटन ।

01/01/2024

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist