दुहबी / जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ ।
लघुवित्तको शाखा कार्यालय सिमरीयाको आयोजनामा केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम शनिबार सम्पन्न भएको हो ।
लघु वित्तीय संस्था लिमेटेडका संस्थागत तथा समाजिक विभागका विभागिय प्रमुख बिजय कुमार मण्डलको अध्यक्षतामा संचालन भएको उक्त कार्यक्रमका प्रमुखअतिथीमा दुहबी नगरपालिकाका प्रमुख वेद नारायण गच्छ्दार रहेका थिए ।
कार्यक्रमका प्रमुख अथिती गच्छ्दारले शुभकामना मन्तव्य दिदै जीवन विकास लघुवित्त वित्तीय संस्थाले समाजिक कार्यमा पुर्याएका योगदान बारे प्रशंसा गर्दै दुहबी नगर भित्रमा मानविय आर्थिक विकास गर्न निर्धक भएर ऋण लगानी गर्न आग्रह गरेका थिए ।
मेयर गच्छ्दारले भने मानविय आर्थिक विकास गर्न ऋण लगानी गर्नु पुर्व नगरपालिकाका उद्यम लघुवित्त शाखा संगको सहकार्यमा हातेमालो गरी कार्य अगाडी बढाउन सुझाव दिएका हुन ।
जनतामा जिवन स्तर उकासन विभिन्न सिपमुलक तालिम दुहबी नगर पालिकाले संचालन गर्दै आएकोमा लगानी तपाई गर्नुस सीप हामी दिन्छौ भन्ने कुरा मेयर गच्छ्दारले बिस्वस्त पारे ।
त्यस्तै, कार्यक्रमका अतिथीमा जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडका उद्यमशिलता बिभागका बिभागिय प्रमुख मनोज कुमार शर्मा , दुहबी १० का वडा अध्यक्ष तुलाराम माझी , ईलाका प्रहरी कार्यालय दुहबीका प्रहरी प्रमुख शागर तिमिल्सिना , जनता माबी सिमरीयाका प्रअ. सुरेश कुमार चौधरी , शिक्षक अवध नारायण चौधरी लगायतको उपस्थिती रहेका थिए
कार्यक्रममा जीवन विकास लघुवित्त वित्तीय संस्था सिमरीया शाखाले समाजमा पुर्याएको योगदान तथा बिपन्न परिवार लगायतमा विभिन्न सिपमुलक तालिम अग्नि पीडित लाई राहत लगायत योगदान बारे वृतचित्र समेत पर्दशन गरेका थिए
सो कार्यक्रममा स्वागत मन्तवय सिमरीया शाखा प्रमुख सन्तोष कुमार मण्डलले गरेका थिए । शनिबार सम्पन्न उक्त कार्यक्रममा गरिब तथा असहाय बालबालिकाहरु लाई शैक्षिक समाग्री लगायत लघुवित्तका सदस्यहरुलाई वित्तीय साक्षरता प्रदान गर्नुका साथै उत्कृष्ट ऋणी, बचतकर्ता, उद्यमी तथा केन्द्रहरुलाई पुरस्कृत समेत गरिएको थियो ।





