• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

नेपाली उद्योगमा पुस्ता परिवर्तनको चर्चामा गोल्यान घराना

युवा पुस्ताको काँधमा व्यावसायिक

काेचिला खबर by काेचिला खबर
09/15/2020
in अर्थ
112
SHARES
507
VIEWS
Share on FacebookShare on Twitter

नेतृत्व हस्तान्तरणको आवश्यकता राजनीतिमा मात्र होइन, नेपाली उद्योग–व्यवसायमा पनि उत्तिकै छ । पुरानो शैली परिवर्तन गरेर अत्याधुनिक प्रविधिबाट हिजो घण्टौं लाग्ने काम क्षणभरमै गर्नुपर्ने बेला आएको छ । यसकारण पनि नेपाली उद्योगमा पुस्ता परिवर्तनको चर्चा बेलाबखतमा हुने गर्छ ।

नेपालको प्रतिष्ठित औद्योगिक घरानामध्येको एक गोल्यान समूहको नेतृत्व अहिले तेस्रो पुस्ता अर्थात् नाति पुस्तासम्म आइपुगेको छ । सोहनलाल गोल्यानले विराटनगरमा चप्पल, छाता, जिपर (प्यान्ट र ज्याकेटको चेन) र अडियो क्यासेट बनाउने उद्योग पनि खोलेका थिए । त्यसैबाट उद्यम सिकेका उनका छोरा पवन गोल्यानले कपडा उद्योगमा पारिवारिक नेतृत्व लिए । अहिले खास गरेर निर्यातजन्य उद्योगका लागि नामी छ–सोहनलाल गोल्यानले जग बसाएको यो समूह ।

सोहनले छोरा पवनलाई १४ वर्षकै उमेरबाट व्यवसाय सिकाउन थालेका थिए । पवनले व्यवसायको नेतृत्व छोरा अक्षयलाई हस्तान्तरण गरिसकेका छन् । उनले किन चाँडै काँध हलुँगो पार्न चाहे त ? अहिले नेपालको जुनसुकै क्षेत्रको नेतृत्वमा युवा पुस्ताको तागत आवश्यक भएको उनी बताउँछन्

१६ वर्ष नपुगी प्रवेशिका (एसएलसी) परीक्षा दिन नपाइने युग थियो, त्यो । कागजमा दुई वर्ष उमेर बढाएर १४ वर्षको उमेरमा विराटनगरकै सत्यनारायण हाइस्कुलबाट एसएलसी पास गरेपछि पवनलाई बुबा सोहनलाल गोल्यानले पुर्ख्यौली व्यापार पेसा सिकाउन थाले ।

‘बुबाले पहिलो दिन दिएको दुईवटा बहिखातामध्ये एउटा खाली थियो,’ पवन सम्झन्छन्, ‘त्यसमा अर्कोको पूरा कारोबार ध्यान दिएर सार्न भन्नुभयो ।’

उनले दोस्रो दिनबाट नयाँ खातामा नयाँ हिसाब किताब राख्न सिके । त्यसरी बुबालाई कारोबारमा सघाउँदै, सिक्दै उनले १९ वर्ष पुग्नै लाग्दा मोरङ क्याम्पसबाट वाणिज्य शास्त्रमा स्नातक गरे । ‘त्यसपछि बुबाले मलाई कारोबार पूरै जिम्मा लगाउनुभयो’, पवन भन्छन् ।

त्यसबेला विराटनगरमा गोल्यान समूहको कपडा उद्योग थियो तर बन्द अवस्थामा । पवनले त्यसलाई सञ्चालनमा ल्याए । त्यसपछि उनले पस्मिना उद्योगमा हात हालेर सबैभन्दा धेरै निर्यात गर्ने उद्यमी बने ।

पवनले नेपाल बाहिर उद्योग खोल्ने सोच कहिल्यै राखेनन् । यसको खास कारण छ । ‘बुबाले धेरै मुलुक घुमेर हेर्नुभयो, हङकङ र यूएईमा लगानी गर्ने योजना पनि बनाउनुभएको थियो’, पवन भन्छन्, ‘तर असफल भएकाले मैले दायाँबायाँ नहेरी स्वदेशमै काम गरेँ ।’

बुबाले सम्हाल्न नभ्याएर बन्द गरेको कपडा उद्योगबाटै आफ्नो व्यावसायिक यात्रा सुरु भएको पवन बताउँछन् । ‘अनि धागो उद्योग खोल्ने योजना बन्यो’, उनी भन्छन्, ‘सन् १९९४ मा एमएस ग्रुपका शशिकान्त अग्रवालसँग मिलेर ५०/५० प्रतिशत लगानीमा रिलायन्स स्पिनिङ मिल खोल्यौं ।’

त्यसलगत्तै नेपाल–भारतबीच भएको व्यापारिक सम्झौताले धागो उद्योगलाई मद्दत गर्‍यो । त्यसकै परिणाम स्वरूप नेपालमा बनेको सुर्ती र सिन्थेटिक धागो ठूलो परिमाणमा भारत निर्यात हुन थाल्यो । अलिपछि त टर्कीतिर पनि निर्यात हुन थाल्यो, जुन अहिले पनि जारी छ ।

गोल्यान समूहको अर्को उद्योग छ– शिवम् प्लास्टिक इन्डस्ट्रिज यहाँ उत्पादित ८० प्रतिशतभन्दा बढी पोलिप्रोप्लिन ब्याग (सिमेन्ट राख्ने बोरा), टार्पाेलिन (त्रिपाल) र झोलाहरू भारत निर्यात हुन्छन् ।

‘निर्यातकै हेतुले खोलेको स्विटर उद्योग भने सोचे जस्तो हुन सकेन’, पवन भन्छन्, ‘अहिले भतिजले सम्हालिरहेको त्यो उद्योगले आन्तरिक बजारमा भने राम्रै गरिरहेको छ ।’

अक्षयको काँधमा घराना विजनेश

पवनका दाजु ‍‍‍‍बासुदेव पनि व्यवसायमा सक्रिय छन् । बासुदेवका छोराहरू शक्ति र अनन्त दुबै व्यावसायी हुन् । अनन्त दुबईमा व्यवसाय गर्छन् भने अर्का छोरा शक्तिको नेपालमै व्यावसाय गर्छन् । भतिजी बुहारी (शक्तिकी श्रीमती) लतिकाले नेपालमै एउटा व्यवसायको नेतृत्व लिएकी छन् ।

पारिवारिक सल्लाहमा पवनका छोरा अक्षयलाई समूहको कार्यकारी नेतृत्व तोकिएको छ । उनका एक छोरा केही वर्षअघि बिते । स्वर्गीय छोराको स्मरणमा पवनले फाउन्डेसन दर्ता गरेर सामाजिक काम पनि गर्दै आएका छन् । रिटायर्ड लाइफमा पूरै समाज सेवामा केन्द्रित हुने उनको योजना छ ।

भर्खरै ३० काटेका अक्षय उच्च शिक्षाका लागि धेरै विदेशमा बसे । पुर्ख्यौली घर मोरङ भएपनि काठमाडौंमै हुर्किएका उनी बुबाको चाहनाअनुसार आफ्नै देशमा केही गर्छु भन्दै फर्किएर गोल्यान समूहको नेतृत्व लिएका छन् ।

उनी बुबा र बडा’बाको मार्गदर्शनमा परिणाम देखाउने ध्याउन्नमा छन् । ‘मलाई बार्सिलोना एकदमै राम्रो सहर लाग्ने, त्यतै बस्छु जस्तो पनि लागेको थियो’ स्पेनमा एमबीए पढेका उनी भन्छन्, ‘तर बुबाको चाहनालाई ध्यानमा राखेर आफ्नै देश फर्किएँ ।’

अमेरिकामा स्नातक सकेका अक्षय एक समय बार्सिलोनाप्रति यति मोहित थिए कि त्यहाँ बस्न उनले भाषा पनि सिक्नेदेखि त्यहाँ अवसरहरू पनि पहिचान गरेका थिए । तर अहिले उनलाई स्वदेश फर्किने निर्णय सही लागेको छ ।

चार वर्षदेखि व्यवसायमा

अक्षयले चार वर्षअघि रिलायन्स स्पिनिङ मिल्सको जिम्मेवारीबाट व्यवसायमा आएका हुन् । त्यसपछि समूहकै कार्यकारी नेतृत्व पाएका उनी अहिले हाइड्रोपावर प्रोजेक्ट, सोलार आयोजना लगायतमा पनि प्रत्यक्ष जोडिएका छन् । एउटा जलविद्युत् आयोजना उनकै नेतृत्वमा निर्माण भइरहेको छ ।

बुबाले सुरु गरेको कृषि पनि उनको प्राथमिकतामा छ । उनी टेक्सटायल र कृषिलाई बढी रोजगारी सिर्जना गर्ने क्षेत्र बनाउन चाहन्छन् । उनको रिसर्चले अहिले संसारका ५ प्रतिशत नागरिकले टेक्सटायल क्षेत्रमा रोजगारी पाएको देखाएको छ ।

‘बंगलादेशमा १० प्रतिशतभन्दा धेरै र भारतमा ५.५ प्रतिशत नागरिकले टेक्सटायलमा रोजगारी पाएका छन्’ अक्षय भन्छन्, ‘हाम्रो नेपालमा भने एक प्रतिशतभन्दा कमले मात्र यो क्षेत्रबाट जीविकोपार्जन गरेका छन् ।’

बुबाले झापामा स्थापना गरेको गोल्यान एग्रो फार्मलाई अझ अत्याधुनिक किसिमले अघि बढाउने अक्षय बताउँछन् । उनी भन्छन्, ‘हामीले कृषिबारे ज्ञान हासिल गरिसक्यौं,। अनलाईन खबर

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

विद्युत् प्राधिकरणले रिलायन्स स्पिनिङ सहित ६ उद्योगका बिजुलीको लाइन काटियो ।

विद्युत् प्राधिकरणले रिलायन्स स्पिनिङ सहित ६ उद्योगका बिजुलीको लाइन काटियो ।

10/21/2025
श्रमिकको पारिश्रमिक बढ्यो,मासिक तलब १९ हजार ५ सय ५० कायम ।

श्रमिकको पारिश्रमिक बढ्यो,मासिक तलब १९ हजार ५ सय ५० कायम ।

07/17/2025
देवानगञ्ज गाउँपालिका अध्यक्ष मेहता भन्छन तरकारी निकासीमा प्रहरीले पैसा असुल्छ ।

देवानगञ्ज गाउँपालिका अध्यक्ष मेहता भन्छन तरकारी निकासीमा प्रहरीले पैसा असुल्छ ।

05/10/2025
जीवन विकास लघुवित्तको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

जीवन विकास लघुवित्तको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

03/23/2025
दुहबी नगरपालिकाको बजेट करिब १ अर्व

दुहबी नगरपालिकाको बजेट करिब १ अर्व

06/24/2024
कपडा खरीदमा अब जोगबनीकै रेट दुहबीको मिना बजारमा नगर प्रमुख गच्छादार द्वारा उद्घाटन ।

कपडा खरीदमा अब जोगबनीकै रेट दुहबीको मिना बजारमा नगर प्रमुख गच्छादार द्वारा उद्घाटन ।

01/01/2024

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist