दुहबी / सुनसरीको दुहबीका प्रायः सबै विद्यालय क्षेत्र नजिक आसपासका पसलले मदिरा तथा सुर्तीजन्य पदार्थ निर्वाध बिक्री वितरण गर्ने गरेको पाइएको छ।
यो संगै दुहबी ५ स्थित संचालनमा रहेको दुहबीकै एक मात्र नमुना विद्यालय सरस्वती माविको सटरमा खुल्म खुला सुर्तीजन्य पदार्थ निर्वाध बिक्री वितरण गर्दै आएको विभिन्न संचार माध्यमम समाचार सम्प्रेशन हुदा सनेत हाल सम्म पनि व्यवस्थापन समिति र प्र.अले कार्वाही गर्नुको साटो सो बिसयमा मौन देखिन्छ ।
नियम, निर्देशिका अनुसार विद्यालय क्षेत्रभन्दा करिब ५०० मिटरको दूरीमा मात्रै सुर्ती र मदिराजन्य पदार्थ बिक्री वितरण गर्न पाइन्छ तर यो नियमबारे विद्यालय क्षेत्रमा पसल खोलेर बसेका धेरैलाई थाहा नै छैन।
यसरी बालबालिकाको भविष्यसँग सोझो खेलवाड गर्ने गरी विद्यालय क्षेत्रका पसलले सुर्ती र मदिराजन्य पदार्थ बिक्री गरिरहँदा झारा टार्न सूचना जारी गर्ने, प्रभावकारी अनुगमन नगर्ने र सम्बद्ध निकायबीच समन्वय नहुनेजस्ता कारणले यो नियमको कार्यान्वयमा चुनौती देखिएको छ।
उता बिगत लामो समय देखि सो विद्यालयले सटर भाडा कौडिको भावमा दिरहेको स्थानीयहरु बताउछन ।
नजिकै बजार क्षेत्रमा वरपर ५ हजार देखि १० हजार सम्म सटरको भाडा हुदा समेत विद्यालयले प्रती सटर २७ सयमा मात्र भाडा दिनेगरेकोमा मिलोमतो तथा सेटिङमा कौडिको भावमा भाडा दिने गरेको स्थानीयहरुको आरोप रहेका छन ।
सो विषयमा प्रा. तेज प्रसाद तिम्सिना संग पटक पटक बुझ्दा सटरको भाडा बिसयमा टेन्डर निकाल्ने बताउदै आएका छन।