दुहबी/ चाँदनी फिल्मस बिराटनगरले ८ चलचित्रकर्मीलाइ दुहबीमा सम्मान गरेको छ।
सम्मानित हुँनेहरुमा थारु चलचित्रका नायक राजेन्द्र भगत थारु, थारु चलचित्रका निर्माता प्रभु परमानन्द चौधरी र मनोज चौधरी, थारु चलचित्रका लेखक राम बिश्वास,लिम्बु भाषाका चलचित्र निर्माता तथा निर्देशक सूर्य चेम्जोङ र चलचित्र प्रकास संयोजक राजन सिक्देल,चलचित्रका कलाकारहरु कंचन बिश्वास र राजनारायण चौधरी सेनलाइ प्रदेश १ का स्वास्थ्य मन्त्री जयराम यादवले सम्मान गरेका हुँन। चलचित्र निर्देशक एवं चाँदनी फिल्मस बिराटनगरका अध्यक्ष केशव रायमाझीले चलतित्रको क्षेत्रमा थारु चलचित्र स्तरिय भएकोले अन्तराष्ट्रियकरण गर्ने क्रममा आफु रहेको जनाए।
नेपाली चलचित्र र भाषा भाषी चलचित्रकाे हालकाे अवस्था यसकाे विकास तथा प्रवर्धनका लागि सुनसरीको दुहबीमा आयाेजित अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले नेपाली चलचित्र र भाषाभाषी चलचित्रले स्तर कायम गर्न नसकेकाेमा दु:खेसाे व्यक्त गरेका छन्।

उक्त कार्यक्रममा प्रमुख अतिथि रहेका एक नम्बर प्रदेश सरकारका स्वास्थ्य मन्त्री जयराम यादबले नेपाल बहुभाषिक बहु सांस्कृति राष्ट्र भएकाे बताउँदै यिनीहरूकाे विकासमा राज्यकाे जिम्मेवारी रहेकाे बताए । उनले लामाे समय सम्म उपेक्षामा रहेकाे भाषाभाषीकाे संस्कार र संस्कृति ओझेलमा परेकाे तर देशमा गणतन्त्र आए पछि उनीहरूले स्थान पाएकाे बताए ।
विशेष गरेर अरु भाषा भन्दा पनि थारु चलचित्र अन्तराष्ट्रियस्तरमा पुग्न नसकेकाेमा चलचित्र निर्देशक केशव रायमाझीले दु:ख व्यक्त गरे । चाँदनी फिल्मसका अध्यक्षसमेत रहेका रायमाझी आफू थारु भाषाकाे चलचित्रलाई अन्तराष्ट्रियकरण गर्ने क्रममा रहेकाे बताए ।
वाेल्ने अधिकांक्ष वक्ताले तीनै तहका सरकारले यसलाई आफ्नाे कार्यक्रम बनाउनु पर्ने, बजेट निकासा हुनु पर्ने बताए ।
नेपाल सरकार चलचित्र विकास बाेर्डकाे सहकार्य र चाँदनी फिल्मस विराटनगरकाे आयाेजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे हाे । थारु कल्याकारिणी सभाका केन्द्रीय उपाध्यक्ष कन्नुलाल चाैधरीकाे सभापतित्वमा सम्पन्न अन्तरक्रियाकाे कार्यक्रममा कार्यक्रममा बिश्व अतिथी वरिष्ठ निर्माता चिरन्जिवी बस्नेत, थारु कल्याणकारी सभा माेरङ अध्यक्ष प्रदिप भगत, गढि गाउँपालिकाका अध्यक्ष आसनारायण चाैधरी लगायतले आ-आफ्ना धारणा राखेका थिए ।




