दुहबी/ सुनसरीको दुहबीमा राष्ट्रिय प्रजातन्त्र पार्टीको शक्ति प्रदर्शन सहित पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेस बर्जुका पूर्व सभापति प्रेमप्रसाद गौतम लगायत विभिन्न पार्टी परित्याग गरि २ सय बढी राप्रपामा प्रवेश गरेका छन। नव प्रबेशिहरुलाइ राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय अध्यक्ष राजेन्द्र लिङ्देनले अविर खादा लगाइ स्वागत गरेका थिए।
अध्यक्ष लिङ्देनले भ्रष्टाचारलाइ जरै समेत उखेलेर फ्याक्ने उद्घोष गर्दै देश सामान्य अवस्थामा न भएकोले देश जोगाउन अन्य पार्टीको बाकस खाली गरेर राप्रपालाइ भोट दिए मात्र देशले निकास पाउँने जनाए। ३२ वर्ष देखि नेपालमा कांग्रेस एमालेले राज्य गर्दा नेपाललाइ बेरोजगार उत्पादन गर्ने मेशिन बनाएर देशलाइ भ्रष्टाचार र गरिबिको चपेटामा पारेकोले समृद्ध राष्ट्रकालागि परिवर्तन आवश्यक रहेको अध्यक्ष लिङ्देनले जनाए। सबै वर्ग मजदुर,किसान,व्यापारी दुखी भएकोले ठिक पार्टी र ठिक नेता चुन्न समेत अध्यक्ष लिङ्देनले आग्रह गरे।
आफुहरुले जितेको पालिका देशकै नमूना पालिका भएको दावी गर्दै अध्यक्ष लिङ्देनले १२ कक्षा सम्म गुणस्तरिय निशुल्क शिक्षा, स्वास्थ्य सेवा निशुल्क,किसानलाइ प्रत्यक्ष फाइदा पुर्याउने निति सहित घरपालुवा जनावरलाइ समेत सुत्केरी खर्च प्रदान गर्ने,ज्येष्ठ नागरिकलाइ घर–घरमै बृद्ध भत्ता लगायतका सुविधा प्रदान गर्ने,स्थानिय तहमा ५० प्रतिशत सम्म कर छुट गर्ने, भ्रष्टाचार शुन्यमा झार्ने र जनताको पक्षमा काम गर्ने, भ्रष्टाचार न गर्ने कसम खुवाएर मात्रै टिकट दिने लगायतको आफ्नो पार्टीको ऐजेण्डा रहेकोले दुहबीको समृद्धि, दिगो विकास र परिवर्तनकालागि राप्रपालाइ भोट दिनु पर्नेमा जोड दिए।
एकजना लालु यादव जस्तो गलत ब्यक्तीका कारण छिमेकी भारतको विहार राज्य वषौदेखि गरिविको चपेटामा परेको प्रसंगको चर्चा गर्दे लिङ्देनले सहि ब्यक्ति नितिस कुमार आएपछि विहारको मुहार फेरिएकोले सहि नेता चुनेपछि लाखौं जनताको जिवन स्तर उकास्ने भएकाले देश कस्तो बनाउने जनताकै हाथमा रहेको जनाए। पार्टी प्रवेश कार्यक्रममा राप्रपाका केन्द्रिय महामन्त्री प्रहलाद साह,केन्द्रिय सदस्य केदार कोईराला,राप्रपा सुनसरी अध्यक्ष दुर्गा बस्नेत, सुनसरी क्षेत्र नम्बर ३ का अध्यक्ष तथा दुहबी नगरका मेयरका उम्मेदवार इन्द्र श्रेष्ठ तथा राप्रपा दुहबी नगर अध्यक्ष संग्राम हलुवाई लगायतका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो।






