दुहबी/ सुनसरीको दुहबी नगरपालिका वडा नम्बर ३ ले वडाका एकल महिला,जेष्ठ नागरिक,दलित जेष्ठ नागरिक हरुका लागि कम्बल बितरण गरेको छ। दुहबी नगरपालिका ले प्रत्येक वाडा लाई ३५ थानका दरले रु साढे ४ लाख मूल्य बराबरको कम्बल उपलब्ध गराएको थियो।
नगरपालिकाले उपलब्ध गराएको ३५ थान बाहेक थप आफ्नो वडा बाट १७५ थान गरि जम्मा २०० थान कम्बल वडा नम्बर ३ का वडाध्यक्ष माधब भन्डारिले आज बितरण गरेका हुन।
अध्यक्ष भन्डारिले बितरित कम्वल हरु प्रती गोटा रु १०५० का दरले खरिद गरिएको र पालिकाले उपलब्ध गराएको समेत सोही मुल्यका दर बमोजिमका रहेको जानकारी दिए। चिसो मौसम बढे सगै जेष्ठ नागरिकहरुलाइ जाडोको प्रभाव बढेको हुदा नगरपालिकाले उपलब्ध गराएको कम्बल हरु मा वडाले समेत थप गरि आफ्ना वडाका सबै जेष्ठ नागरिक हरुलाइ पालिका र वडा बाट जम्मा २ लाख १० हजार मूल्य बराबर को कम्बल बितरण गरिएको अध्यक्ष भन्डारिले बताए। कम्बल वितरण कार्यक्रममा दुहबी वडा नम्बर ३ का वडा सदस्यहरु समेतले कम्बल वितरण गर्दै खुसी ब्यक्त गरे।
बातावरण शाखाका फोकल पर्शन बिमल चौधरी का अनुसार थप तत्कालै दुहबी नगरपालिका अन्तर्गत सन्चालित सामुदायिक बिधालयमा अध्यनरत ECD का बिद्यार्थीहरुलाइ जडोमा लगाउने स्विटर र टोपी समेत बितरण गर्न लागिएको बताएका छन। चौधरी का अनुसार केही दिन भित्रै नगरभित्र सन्चालित ,बिपि आ बि,पन्चायत नि मा बि,सरस्वती माबी लगायत २५ सामुदायिक बिधालयका जम्मा १०७२ बिद्यार्थीहरुलाइ लगभग ६ लाख मूल्य बराबरको उक्त सामान बितरण गर्न लागिएको बताए।





