दुहबी / सुनसरीको दुहबी ६ मा भाडादारले घर खालि नगरेको भन्दै घर धनिले भाडा दार माथी कुटपिट गरेको आरोप लगाउदै दुहबी प्रहरीमा शनिबार उजुरी दिएको भाडादार अजय कुमारी मिश्रले बताईन ।
मिश्रका अनुसार दुहबी ६ स्थित अलिमुदिन अंसारीको घरमा बिगत १ बर्ष देखि भाडामा बस्दै आएको घर भाडा मासिक १० हजार को दरले तिर्दै आएता पनि पछिल्लो केहि दिन यता देखि अंसारीले मेरो घर तुरुन्त खाली गर भन्दै दबाव दिदा आफुले संसारी लाई पटकपटक आग्रह गरे यस्तो महामारीको बेला तुरुन्तै घर खाली गर भनु हुन्छ अहिले यस्तो महामारीको बेला कसरी घर खाली गर्नु हामी लाई तीन महिनाको समय दिनु हामी तपाईंको घर खाली गरिदिन्छु ।
अंसारीले पटकपटकको आग्रह लाई नमानि सोही बीषय लाई लिएर अंसारीले आफ्नो परिवार माथि मान्सिक टचर गाली गलौज गर्दा दुहबी नगर पालिकाको न्याक समिति तथा दुहबी ६ को वडा कार्यालयमा निवेदन समेत दिएको मिश्रले बताईन
मिश्र भन्छिन घर खाली नगरेको निवमा २०/ २२ दिन अगाडि अंसारी र अंसारीका छोरा लगायतले म बस्दै आएको डेरामा पसि अचानक अपशब्द गालि गलौज गर्दै मेरो घर छिटो खाली गर भन्दै घरमा रहेको सर सामान फाल्दा मेरो छोरी अंजलिले आग्रह गरे यस्तो महामारीको बेला कुन घर धनिले हामी लाई भाडा दिन्छ तपाईं हरु हाम्रो दुख बुझिदिनु र हामी लाई केही महिना समय दिनु तपाईंको घर खाली गर्दिन्छु भने कुरा सम्झाउन खोज्दा मेरो २३ बर्षय छोरी अंजलि कुमारी झा लाई हातपात गरी कुटपिट समेत गरेको मिश्रले आरोप लगाईन
उता सोहि बिषयमा घर धनि अलिमुदिन अंसारी संग बुझदा आफुले घर खाली गर्न पटकपटक समय दिदा समेत खाली नगरेको र आफु हरु बाट मिश्र परिवार माथि कुनै किसिमको गाली गलौज तथा कुटपिट नगरेको बताए ।
सोहि बिषयमा दुहबी वडा नम्बर ६ का वडा अध्यक्ष मुना साह संग बुझदा वडा कार्यालयमा निवेदन आएको सुईकार गर्दै दुबै पक्ष लाई राखी छ्लफल गर्दा घर धनि अंसारी र भाडा दार मिश्र सहितको सहमतिमा असार १४ गते घर खाली गर्ने सहमति भएको हुदा पनि घर धनि अंसारी बाट १४ गतेको समय नपुगिसक्दा बिचैमा भाडा दार संग लफडा गर्नु घर धनिको गल्ति भएको बताए ।
यता सो बिषयमा ईलाका प्रहरी कार्यालय दुहबीका प्रहरी नायक उपरीक्षक नागेश्वर थान्दार संग बुझदा उनले भने सो बिषयमा थप अनुसंधान भई रहेकोले दोसि ठहर भए कार्वाही गर्ने बताए । उजुरीमा यस्तो छ ।





