दुहवी / लायन्स क्लब अफ दुहवीको वर्ष २०२६/२७ कार्यकालका लागि लायन इन्द्र श्रेष्ठ अध्यक्ष पदमा चयन हुनु भएको छ ।
उहाँको चयनसँगै क्लबका पदाधिकारी, सदस्य तथा शुभेच्छुकहरूले हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् । सामाजिक सेवा, मानवता र समुदायमुखी कार्यमा सक्रिय रहँदै आएको क्लबले आगामी कार्यकालमा थप प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने अपेक्षा गरिएको छ ।





