दुहबीन / सुनसरीको दुहबी ८ स्थित मेमोरी युवा क्लब, दुहबी–८, सुनसरीको आयोजनामा यही चैत्र २४ गतेदेखि शुरु हुन गईरहेको तेस्रो सोनापुर गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सम्पुर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ ।
दुहबी–८ स्थित बिष्णु मा.वि.को खेलमैदानमा हुने प्रतियोगिताको खेलतालिका पनि सार्वजनिक गरिएको छ । जसअनुसार माघ २४ गते उद्घाटन खेल दमक फुटबल एकेडेमी, झापा र
गोल्डेन स्टार क्लब सुनसरीका बीच हुने तय भएको छ ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख ११ हजार हात पार्नेछ भने उपविजेताले १ लाख ५ हजार प्राप्त गर्नेछ । प्रतियोगिताभर उत्कृष्ट खेलाडी र प्रतियोगिता अवधिभरका उत्कृष्ट विधा तर्फका ७ जना खेलाडीहरुलाई समेत पुरस्कृत गरिने जनाइएको छ ।
२२ लाख ५० हजारको अनुमानित आय व्यय पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्दै आयोजक क्लबका अध्यक्ष खड्ग नारायण माझिले ।
दुहबी नगरपालिकाले ७ लाख, कोशी प्रदेश खेलकुद विकास बोर्डले ५ लाख, दुहबी न.पा. वडा नम्बर ८ को कार्यालयले ४ लाख, दुहबी न.पा.को अन्य ११ वटा वडाले साढे ३ लाख र मुख्य प्रायोजक, प्रायोजक, सह-प्रायोजक तथा आर्थिक सहयोग बाट ३ लाख संकलन गरिने जनाएका छन ।
पत्रकार सम्मेलनमा बोल्दै दुहबी ८ का वडाअध्यक्ष तारिकचन्द्र सरदारले सोनापुर गोल्डकप फुटबल प्रतियोगिताको आयोजनाबाट
दुहबी ८ लाई फुटबलबाट पहिचान स्थापित गराउने उदेश्य अनुरुप स्थानीय युवाहरुलाई विकृती बिसंगतिबाट रोक्न तथा खेलकुद विकास गरेर स्वस्थ्य समाजको परिकल्पना गर्न सकिने धारणा राखेका छन् ।
दुहबी नगरपालिका, सुनसरीको संयोजन तथा दुहबी नगरपालिका वार्ड नम्बर ८, सोनापुरको सह–संयोजनमा हुने प्रतियोगितामा कुल आठ टोलीहरु सहभागि छन् । फाइनल खेल यही बैशाख १ गतेका दिन हुनेछ ।





