दुहबी(कोस)/ रास्ट्रिय स्तरको अन्डर १६ राष्ट्रीय छनौट क्रिकेट प्रतियोगितामा कोशी प्रदेशको टिम बिजय भएको छ । आइतबार भएको फाइनल खेलमा बागमती प्रदेशलाइ ३५ रनले हराउँदै कोशी प्रदेशको टिम फाइनलमा बिजय भएको हो ।
दुहबीको विष्णु मा. बि.को खेल मैदानमा भएको कोशी प्रदेश स्तरीय छनौट प्रतियोगितामा दुहबीबाट एक कार्यक्रम गरी शुभकामना सहित स्तरीय खेल खेल्न प्रोत्साहन साथ पठाइएको टोलीले स्तरीय भरपूर प्रतिभा प्रदर्शन गरी कोशी प्रदेशको नाम राख्न सफल भएको नेपाल क्रीकेट संघ कोशी प्रदेशका सदस्य एवं छनौट समितिका संयोजक सुमेस साहले जनाए । चैत १० गते देखि धनगढिमा नेपालको ७ ओटै प्रदेशको टिमबिच प्रतिस्पर्धा भएको थियो । फाइनल खेलमा कोशी प्रदेशले २५ ओभरमा ७ विकेट गुमाई १७१ रन बनाउदैं बागमती प्रदेशलाई १७२ रनको चुनौतीपूर्ण लक्ष्य दिएको थियो ।





