दुहबी(कोस)/ रास्ट्रिय स्तरको अन्डर १६ क्रीकेट प्रतियोगितामा कोशी प्रदेशको टिम फाइनलमा प्रवेश गरेको छ । शनिबार धनगढीमा भएको सेमिफाइनल खेलमा मधेस प्रदेशलाई ५८ रनले हराउँदै कोशी प्रदेशको टिम फाइनलमा प्रवेश गरेको हो ।
दुहबीको विष्णु मा. बि.को खेल मैदानमा भएको कोशी प्रदेश स्तरीय छनौट प्रतियोगितामा दुहबीबाट एक कार्यक्रम गरी शुभकामना सहित स्तरीय खेल खेल्न प्रोत्साहन साथ पठाइएको टोलीले स्तरीय भरपूर प्रतिभा प्रदर्शन गरी प्रदेशको नाम राख्न सफल भए संगै कोशी प्रदेशले मधेस प्रदेशलाई ५८ रनले पराजित गरी अन्डर १६ राष्ट्रीय छनौट क्रिकेट प्रतियोगिताको फाइनलमा स्थान बनाएको नेपाल क्रीकेट संघ कोशी प्रदेशका सदस्य एवं छनौट समितिका संयोजक सुमेस साहले जनाए । भोली कोशी प्रदेशले फाइनल खेल बागमती प्रदेश संग खेल्ने जनाइएको छ ।







