दुहबी/ सुनसरीको दुहबीमा भएको कोशी प्रदेश अन्डर १६ क्रिकेट छनौट प्रतियोगितामा सुनसरी र झापाको शानदार फाइनल खेल भोलि शनिबार बिहान १० बजे देखि हुने भएको छ ।
यहि बैशाख १० गते धनगढीमा हुने रास्ट्रिय स्तरको
क्रिकेट प्रतियोगितामा टिम छनौट गर्ने उदेश्यले कोशी प्रदेशको ५ जिल्ला सुनसरी मोरङ झापा उदयपुर र इलामबाट खेलाडी छनौट गरेर कोशी प्रदेशको टिमलाई सशक्त बनाउन छनौट प्रतियोगिता गरेको नेपाल क्रिकेट संघ कोशी प्रदेशका सदस्य तथा छनौट समितिका संयोजक सुमेस साहले जनाए ।
दुहबी ८ स्थित बिष्णु मावीको खेल मैदानमा भएको कोशी प्रदेश अन्डर १६ क्रिकेट छनौट प्रतियोगितामा दैनिक २ खेल भएको उक्त छनौट प्रतियोगितामा झापाले ३ खेल र सुनसरीले ४ खेल जितेर फाइनलमा प्रवेश गरेको नेपाल क्रिकेट संघ कोशी प्रदेशका सदस्य अजय राजवंसिले जनाए ।
नेपाल क्रिकेट संघको समन्वयमा भएको उक्त प्रतियोगिताको भोलि हुने फाइनल समापन खेलका प्रमुख अतिथि पुर्व मन्त्री तथा बर्तमान प्रतिनिधि सभा सांसद भगवती चौधरी रहने जनाइएको छ । बिशिस्ट अतिथिमा नेपाल क्रिकेट संघका केन्द्रिय सल्लाहकार नरेश श्रेष्ठ र नेपाल क्रिकेट संघ कोशी प्रदेश सल्लाहकार जिवन दास लगायतका अतिथि बक्ताहरुको सहभागिता रहने जनाइएको छ ।





