दुहबी/ सुनसरीको दुहबीमा जारी पाचौं मेयरकप फुटबल प्रतियोगिताको सोमबार भएको अन्तिम क्वाटर फाइनल खेलमा दुहबी वडा नम्बर ६ ले दुहबी वडा नम्बर २ लाई ४-० गोलको फराकिलो अन्तरले हराउदै सेमिफाइनलमा प्रवेश गरेको छ। खेलको उत्कृष्ट खेलाडी दुहबी वडा नम्बर ६ का खेलाडी मनिस कुमार बिक घोषित भए । उनलाई दुहबी वडा नम्बर ६ का वडाअध्यक्ष घनश्याम हलुवाई र दुहबी नगरपालिका शिक्षा शाखाका उपसचिब निलमणि खनालले २ हजार नगद तथा पदक प्रदान गरे।
भोलि मंगलबारको पहिलो सेमिफाइनल खेल दुहबी वडा नम्बर ८ र दुहबी वडा नम्बर १० का बिच हुनेछ । मेयरकप प्रतियोगितामा प्रथम हुने टिमले उपाधी सहित १ लाख २५ हजार नगद तथा ट्रफी प्राप्त गर्नेछ भने उपबिजेता टिमले ७५ हजार नगद तथा ट्रफी प्राप्त गर्ने जनाइएको छ ।





