दुहबी / सुनसरीको दुहबीमा जारी पाचौं मेयरकप फुटबल प्रतियोगिताको आइतबार भएको तेस्रो क्वाटर फाइनल खेलमा दुहबी वडा नम्बर ८ ले दुहबी वडा नम्बर ७ लाई ३-१ गोल अन्तरले हराउदै सेमिफाइनलमा प्रवेश गरेको छ।
खेलको १०, २५ र ६८ औं मिनेटमा दुहबी ८ का खेलाडीहरु अनिस बिस्ट, बिबेक मिश्र र सन्तोष चौधरीले गोल गर्दै आफ्नो टिमको बिजय सुनिश्चित गराए। खेलको ७८ औं मिनेटमा दुहबी वडा नम्बर ७ का खेलाडी पारस चौधरीले १ गोल गरेका थिए।
खेलको उत्कृष्ट खेलाडी दुहबी ८ का खेलाडी अनिस बिस्ट घोषित भए । उनलाई दुहबी वडा नम्बर ७ का वडाअध्यक्ष बिजय चौधरीले नगद २ हजार तथा पदक प्रदान गरे । भोलि सोमबारको अन्तिम क्वाटर फाइनल खेल दुहबी वडा नम्बर २ र दुहबी वडा नम्बर ६ का बिच हुने ऎलेभेन एरोज क्लब दुहबीका अध्यक्ष दिपक राईले जनाए ।
मेयरकप प्रतियोगितामा प्रथम हुने टिमले उपाधी सहित १ लाख २५ हजार नगद तथा ट्रफी प्राप्त गर्नेछ भने उपबिजेता टिमले ७५ हजार नगद तथा ट्रफी प्राप्त गर्ने जनाइएको





