दुहबी / सुनसरीको दुहबीमा जारी पाचौं मेयरकप फुटबल प्रतियोगिताको शनिबार भएको दोस्रो क्वाटर फाइनल खेलमा दुहबी वडा नम्बर ४ ले दुहबी वडा नम्बर १२ लाई १-० गोल अन्तरले हराउदै सेमिफाइनलमा प्रवेश गरेको छ। खेलको २६ औं मिनेटमा दुहबी ४ का खेलाडी समिम मियाले १ गोल गर्दै आफ्नो टिमको बिजय सुनिश्चित गराए। खेलको उत्कृष्ट खेलाडी दुहबी ४ का खेलाडी अलब दुलाल घोषित भए । उनलाई दुहबी वडा नम्बर ४ का वडाअध्यक्ष मुस्तकिम मियाले नगद २ हजार तथा पदक प्रदान गरे । भोलि आइतबारको तेस्रो क्वाटर फाइनल खेल दुहबी वडा नम्बर ७ र दुहबी वडा नम्बर ८ का बिच हुने ऎलेभेन एरोज क्लब दुहबीका अध्यक्ष दिपक राईले जनाए । मेयरकप प्रतियोगितामा प्रथम हुने टिमले उपाधी सहित १ लाख २५ हजार नगद तथा ट्रफी प्राप्त गर्नेछ भने उपबिजेता टिमले ७५ हजार नगद तथा ट्रफी प्राप्त गर्ने जनाइएको छ ।





