दुहबी/ सुनसरीको दुहबीमा आजदेखि सुरु भएको पाँचौ मेयरकप फुटबल प्रतियोगितामा आज भएको पहिलो प्रि क्वाटर फाइनल खेलमा दुहबी वडा नम्बर ११ ले दुहबी वडा नम्बर १ लाई १-० गोल अन्तरले पछि पार्दै क्वाटर फाइनलमा प्रवेश गरेको छ। खेलको १८ औं मिनेटमा दुहबी ११ का खेलाडी सुजन सरदारले १ गोल गर्दै आफ्नो टिमको बिजय सुनिश्चित गराए।
खेलको उत्कृष्ट खेलाडी दुहबी वडा नम्बर ११ का खेलाडी सुजन सरदारलाई समुदघाटन खेलका प्रमुख अतिथी दुहबी नगरपालिकाका मेयर बेदनारायण गच्छदारले २ हजार नगद तथा मेडल प्रदान गरे। मेयर गच्छदारले खेलाडीहरुलाइ ब्यबसायिक उन्मुख बनाएर प्रबर्द्धन गर्न २२ करोड लागतमा बन्ने रंगशाला निर्माणमा ७ करोड १० लाख खर्च गरेको जानकारी दिदैं फुटबल एकेडेमी स्थापना गरेर खेलाडीको हुनर स्थापित गरेर छाड्ने प्रतिबद्धता जनाए।
भोलीको दोस्रो प्रि क्वाटर फाइनल खेल दुहबी वडा नम्बर ९ र दुहबी वडा नम्बर १२ का बिच हुने आयोजकले जनाएको छ।





