दुहबी/दुहबीमा जारी चौथो मेयरकप फुटबल प्रतियोगिताको उपाधि नजीक दुहबी वडा नम्बर १० र दुहबी वडा नम्बर ४ फाइनलमा आइतबार प्रतिस्पर्धा गर्ने भएको छ। शुक्रबार भएको दोस्रो सेमिफाइनल खेलमा दुहबी १० ले दुहबी ६ लाई ट्राइबेकरमा ५-४ गोल अन्तरले पछि पार्दै उपाधी नजीक पुगेको हो। अत्यन्तै प्रतिस्पर्धात्मक भएको निर्धारित समय सम्मको खेलमा दुबै टिमले २-२ गोल गर्दै बराबरी भएपछि खेल ट्राइबेकरमा धकेलिएको थियो।
खेलको उत्कृष्ट खेलाडी दुहबी वडा नम्बर १० का जर्सी नम्बर ६ हेमन्त कुमार खाँ घोषित भए । उनलाइ खेलका प्रमुख अतिथी दुहबी नगरपालिकाकि उपमेयर सुनिता दाहाल शाहले २ हजार नगद र मेडल प्रदान गरिन । फाइनल खेलमा प्रथम हुने टिमले उपाधी सहित १ लाख १ हजार नगद तथा ट्रफी प्राप्त गर्नेछ भने दोस्रो हुने टिमले ५१ हजार नगद तथा ट्रफी प्राप्त गर्नेछ।





