दुहबी/सुनसरीको दुहबीमा जारी चौथो मेयर कप फुटबल प्रतियोगिताको बुधवार भएको अन्तिम क्वाटर फाइनल खेलमा दुहबी वडा नम्बर १० ले दुहबी वडा नम्बर ५ लाई २–० गोल अन्तर ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ। खेलको उत्कृष्ट खेलाडी दुहबी वडा नम्बर १० का जर्सी नं. ७ कविन्द्र नारायण चौधरी घोषित भए । उनले २ हजार नगद र मेडल प्राप्त
गरे । विहिबार हुने प्रथम सेमी फाइनल खेल दुहबी वडा नम्बर ४ र दुहबी वडा नम्बर ७ का बीच हुने आयोजकले जनाएको छ।





