दुहबी /सुनसरीको दुहबीमा जारी चौथो मेयर कप फुटबल प्रतियोगिताको आइतबार भएको खेलमा दुहबी वडा नम्बर ४ ले दुहबी वडा नम्बर १ लाई १–० गोल अन्तर ले पराजित गरेको छ। आइतबार भएको मेयर कप फुटबल प्रतियोगितामा वडा नम्बर ४ ले उक्त बिजय हासिल गरेको थियो । खेलको उत्कृष्ट खेलाडी दुहबी वडा नम्बर ४ का गोल रक्षक सुरज राजवंशी घोषित भए। उनले २ हजार नगद र मेडल प्राप्त
गरे । सोमबारको खेल दुहबी वडा नम्बर ३ र दुहबी वडा नम्बर ६ का बीच हुने आयोजकले जनाएको छ।





