दुहबी/सुनसरीको दुहबीमा जारि तेस्रो मेयरकप फुटबल प्रतियोगिताको वुधवार भएको खेलमा दुहबी वडा नम्बर ६ ले दुहबी वडा नम्बर ११ लाई ट्राइबेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै सेमी फाइनलमा प्रवेश गरेको छ। निर्धारित समय सम्म दुबै तर्फबाट २–२ गोल भएपछि ट्राइबेकरको साहारा लिइएको थियो। दुहबी वडा नम्बर ६ का खेलाडी अमित चौधरी खेलको म्यान अफ द म्याच घोषित भए। उनलाइ दुहबी वडा नम्बर ६ का वडाध्यक्ष मुन्ना हलुवाई र दुहबी वडा नम्बर ११ का वडाध्यक्ष आशाराम चौधरीले संयूक्तरुपमा नगद २ हजार तथा मेडल प्रदान गरेका थिए। प्रतियोगितामा प्रथम हुने वडाले उपाधी सहित १ लाख १ हजार नगद तथा शिल्ड मेडल प्राप्त गर्नेछन् भने दोस्रो हुने टिमले ५१ हजार नगद तथा शिल्ड मेडल प्राप्त गर्नेछन्। बिहीवारको दोश्रो क्वाटर फाइनल खेल दुहबी वडा नम्बर ३ र दुहबी वडा नम्बर १० का बिच हुने आयोजक दुहबी नगरपालिकाले जनाएको छ।





