• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

म एक कोरोना संक्रमित ब्यक्ति ? आसोलेशनमा बस्दाको मेरो अनुभव

काेचिला खबर by काेचिला खबर
08/31/2020
in FEATURE, दृष्टिकाेण
77
SHARES
350
VIEWS
Share on FacebookShare on Twitter

सुनसरीः कोभिड–१९ कोरोना संक्रमणको बढ्दो संक्रमणको समाचार अग्रपंक्तिमा रही संकलन गर्ने सञ्चारकर्मी हु । आफु संक्रमित भई अहिले मोरङको सुन्दरहरैंचा–८ स्थित प्रदेश १ स्तरिय क्वारेन्टाइनको आसोलेशनमा बसेको अवस्थामा पनि दिनु हु भने समाचार सम्प्रेषण गर्ने काम जारी राखेका छु ।
आजकाल मेरो परिचय फेरिएको छ। मेरो नाम र इज्जत दुवै हराएको छ। म यो सामाज अनि देशको संक्रमणकारी भनेर चिनिएको छु। लाग्दै छ, कोरोना पोजेटिभ भएर मैले ठूलै अपराध गरें। मलाई यस्तो भान भएको छ कि, मेरो शरीरमा आत्मघाती बम नै छ र यो बम जति बेला पनि पड्केर समाजलाई सखापै पार्न सक्छ।

हिजोसम्म सबै मिलेर बसेको समाजमा आज एकाएक संक्रमणपछि एउटा अछुत र फेरि कहिल्यै यो समाजमा काम नलाग्ने व्यक्तिको रुपमा प्रचारित हुँदैछु। अर्कोतर्फ आफैंलाई उपचार गर्ने डाक्टर, नर्स लागायतका स्वास्थ्यकर्मी ।सम्पूर्ण स्वास्थ्यकर्मीप्रति नमन प्रकट गर्दछु ।
सबैभन्दा पहिलो कुरा, हामी आफू रोगसँग लड्नसक्ने क्षमताको विकास अनि अपनाउनुपर्ने सावधानी सबै बिर्सेर यो संक्रमणलाई अनावश्यक अतिरन्जित बनाउन तल्लिन छौं। मानौं, ठूलै युद्ध हुँदैछ, अनि अर्कोतर्फ एक पटक नेगेटिभ रेपोर्ट आयो भन्दैमा अब कहिल्यै लाग्दैन जसरी हिँडेका छौ। के यही हो हाम्रो चेतना?

तपाईं जहिले पनि तयारी मानसिकतामा बस्नु, मलाई जहिले पनि संक्रमण हुनसक्छ भनेर। भ्रममा कहिले पनि नपर्नु किनकी हस्पिटलबाट फर्किँदा पनि पोजेटिभ हुनसक्छ। म एउटा संक्रमित भएर के भन्छु भने मलाई यो संक्रमण देखिएको अर्थात् टेस्ट गराएको अाठौ दिन पूरा भयो तर लागेको कति दिन भयो भन्न सक्दिनँ। यसले ममा खासै त्यस्तो अप्ठ्यारो पार्ने कुनै लक्षण समेत देखिएको छैन। लक्षण नै नभएका कति यस्ता व्यक्ति होलान्? म त कुनै लक्षण बिना नै टेस्ट गराए म पोजिटिभ भए म जस्ते अरुले लाई पनि टेस्ट गर्दा अरुको पनि देखियो। टेस्ट नै नगरी पनि कति व्यक्तिहरु निको नै भइसकेको पनि होलान्।

मेरो अनुभवले के भन्दैछ भने आम मान्छेले केके नै हो जस्तो गरेर हल्ला गरेको जस्तो कुनै किसिमको असर ममा छैन। आत्मबल, आफ्नो शरीरको रोग प्रतिरोधात्मक क्षमता, तातो पानी, कागती पानी, सुपहरु, प्रोटिनयुक्त झोल तथा ठोस कुराहरु, बाफ लिने र शारीरिक व्यायामबाट यो रोगलाई सजिलै जित्न सकिन्छ। तर कुनै दीर्घरोगको औषधि खाइरहनुभएको छ भने अलि धेरै संयमित अनि हस्पिटलसम्मको साहारा लिनुपर्न सक्छ। होइन भने यो संक्रमणलाई घरमै बसेर सजिलै जित्न सकिन्छ। त्यसैले लागिहाल्यो भन्दैमा आत्तिनु जरुरी छैन।

आजसम्म हुँदै आएको अत्यधिक प्रचारले तपाईंहरु सबै जनाको मानसिक स्थिति एकदम कमजोर बनाएको छ। एकरत्ति पनि चिन्ता लिनु पर्दैन, सोचेको भन्दा धेरै सजिलै कोरोनालाई जित्न सकिन्छ। जित्ने आफैंले हो, केयर पनि आफैं गर्ने हो। अरु कसैलाई अनि सरकारलाई मात्र दोष दिएर केही हुँदैन। साथै सम्पूर्णमा मेरो के अनुरोध छ भने, सामाजिक दूरी, मास्क, साबुनपानी, स्यानिटाइजर अनि घरको सरसफाइमा अत्यधिक ध्यान दिनु जरुरी छ। कोरोना संक्रमणबाट बच्न अपनाउनुपर्ने सावधानीबाट अन्य धेरै रोगबाट पनि बच्न अत्यधिक मद्दत मिल्छ।

हामीले यो कोरोनाभन्दा कैयौं कडा खालका भाइरस जितिसकेका छौं। हामीलाइ यो रोग नौलो भएर मात्र भयावह लागेको हो। सबै निश्चिन्त हौं, प्रचारप्रसार गरिएजस्तो एकदमै डरलाग्दो यो संक्रमण होइन तर यो छिटो संक्रमण हुने र संख्या भने पक्कै बढी हो।

नेपालमा मृत्यु भएका प्रायः सबै मानिस हेर्दा दीर्घ रोग भएकाहरु मात्र हुनुहुन्छ र आफैंले केयर कम गरेर अन्तिम अवस्थामा मात्र थाहा भएका व्यक्तिहरु हुनुहुन्छ। आत्मविश्वास र मानसिक स्थितिलाई बालियो बानाउनुहोस। अरुको कुरा धेरै नसुन्नुहोस, कोरोनालाई सजिलै जित्नुहुनेछ।

लुकेर होइन, डटेर नै कोरोनालाई जित्न सकिन्छ भन्ने मानसिकता सबैले राख्ने हो भने यो भाइरसलाई अवश्य परास्त गर्न सकिन्छ।

यहा,धनकुटा,सुनसरी ,मोरङ ,पाचथर ,झापा यहाँ बसेकाहरु प्राय नेपाल प्रहरी नेपाल अार्मी,शस्त्र प्रहरी ,स्वास्थ्यकर्मी ,पत्रकार र सरकारी कर्मचारीहरु छन ८० जना रहेको छ। प्रायसबैका स्वास्थ नर्मल छन स्वास्थ्यकर्मीहरु बेला बेला अाउछ स्वास्थ्य अबस्था बुझेर समानय टाउको दुखने ,पखाला ,ग्यास्टिक समान समसिया हरुलाई अौषधी दिने गरेको छन ।खाना २ छाक दिनछ एक टाइम मासु या अन्डाको तरकारी दिन्छ र दुई टाइम बिहानको खाजामा चाना ल बेलुका खाजा मा कहिले बिस्कुट चिया त कहिले कहाकी फलफूल दिने गरेको छन । अधिकासका मन बुझदा घर मा बसेको भन्दा यहाँ रमाइलो हुनेगरेको छ ।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

४९८ ज्येष्ठ नागरिक चुनावमा भिड्दै स्वतन्त्र र पुराना दलबाट धेरै

४९८ ज्येष्ठ नागरिक चुनावमा भिड्दै स्वतन्त्र र पुराना दलबाट धेरै

01/24/2026
मोरङ ६ मा मजदुर नेता ओपेन्द्र रायको उम्मेदवारी दर्ता ।

मोरङ ६ मा मजदुर नेता ओपेन्द्र रायको उम्मेदवारी दर्ता ।

01/20/2026
सुनसरी ३ मा चार दलको उमेदवार टुंगियो ।

सुनसरी ३ मा चार दलको उमेदवार टुंगियो ।

01/19/2026
नोबेल अस्पतालअगाडि फार्मेसीहरुको ठगी धन्दाको पर्दा फास ।

नोबेल अस्पतालअगाडि फार्मेसीहरुको ठगी धन्दाको पर्दा फास ।

01/11/2026
सामाजिक सञ्जालबाट धार्मिक सद्भाव भड्काउनेलाई गृह मन्त्रालयको कडा चेतावनी

सामाजिक सञ्जालबाट धार्मिक सद्भाव भड्काउनेलाई गृह मन्त्रालयको कडा चेतावनी

01/05/2026
सुनसरी–३ मा एमालेबाट चौधरी र हुसेन सिफारिस ।

सुनसरी–३ मा एमालेबाट चौधरी र हुसेन सिफारिस ।

01/04/2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist