दुहबी / सुनसरीको दुहबीमा आफ्नै मामालाई नक्कली बुबा बनाएर १४ वर्षपछि २०७१ चैत्र २४ गते जन्म दर्ताको प्रमाणपत्र देखिदा समेत दुहबी १० नम्वर वडाका वडा अध्यक्ष
तुलाराम माझीले कुनै छानविन र सर्जमीन नगरि सिफारिस दिएको भरमा नागरिकता बनाएको पुष्टि भएको छ ।
सिमरीया गाविसका तत्कालीन वडासचिव कपिलमणि दाहालले २०५७ साल माघ ११ मा जन्म भएको भन्दै १४ वर्षपछि जन्म दर्ताको प्रमाणपत्र बनाएको जन्म दर्ताको प्रमाण पत्रमा उल्लेख छ । रामचरण हरिजनले आफ्नै भान्जा लाई नक्कली छोरा बनाएर दुहबी १० नम्वर वडा कार्यालयबाट २०७९ असोज २५ गते नागरिकताको सिफारिस लिएको खुल्नमा आएको छ ।
जिल्ला प्रशासन कार्यालय सुनसरीबाट वडा कार्यालयको गलत सिफारिसकै आधारमा आफ्नै मामा लाई नक्कली बुबा खडा गरेर दुहबीका एक व्यक्तिले अनाधिकृत रुपमा नागरिकता लिएको खुलासा भएको हो ।
सुनसरीको दुहबी नगरपालिका वडा नम्वर १० सिमरीयाका रामचरण हरिजनले आफनै भान्जा बिशाल हरिजन लाई नक्कली छोरा बनाएर नागरिकता दिलाएको खुलासा भएको
हो ।
सोही गलत जन्म दर्ताको आधारमा दुहबी १० का वडाअध्यक्ष तुलाराम माझीले कुनै छानबिन तथा सहर्जमिन मुचुल्का नगरी हचुवाको भरमा नागरिकता बनाउने सिफारिस गरेका हँुन ।
दुहबी १० का वडा अध्यक्ष माझिले नागरिकता बनाउने सिफारिस दिएपछि वडाको सिफारिसमा नक्कली छोरा बिशाल हरिजनले जिल्ला प्रशासन कार्यालय सुनसरी बाट नागरिकता समेत लिइसकेका छन ।
वास्तविक ठेगाना र पहिचान नखुलेको व्यक्तिलाई वडा कार्यालयबाट जन्म दर्ता र नागरिकता प्रदान गर्न वडा कार्यालयबाट सिफारिस भएको विषयमाथि छानबिन हुनुपर्ने माँग गर्दै स्थानीयहरुले सम्बन्धित निकायमा सो घटनामा छानबिन गरी दोषीमाथि कारवाही गर्न उजुरी परे पछि छानबिन शुरु भएको स्रोतको दाबी छ ।
नक्कली छोरा बनेर नागरिकता लिएको रहस्य बाहिरिएसँगै वडाअध्यक्ष तुलाराम माझिले उक्त नागरिकता खारेज गरी पाउ भन्दै जिल्ला प्रशासन कार्यालय सुनसरीमा उजुरी दर्ता गराएको बताए ।