२९ असार, काठमाडौं । जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी निरीक्षक प्रकाशसिंह कार्कीविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ ।
कार्यालयमा परेको मुद्दामा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्कीविरुद्ध सोमबार भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।