दुहबी/सुनसरीको दुहबीमा माटो कारोवारीहरुले अवैध खोला दोहन गरेर माटो प्रसोधनको नाममा झोलुंगे पुल छेवमै डोजर लाएर गहिरो भंगालो बनाउँदै अवैध उत्खनन गरेको पाइएको छ । दुहबी नगरपालिका वडा नम्वर ३ र बुढीगंगा गाउँपालिका वडा नम्बर ६ को सिमानामा पर्ने बुढीखोलामा रहेको झोलुंगे पुल छेवमै माटो र बालुवा प्रसोधनको नाममा नदि दोहन हुँदा नदिको मुहार परिवर्तन गरेर करोडौंको झोलुंगे पुल हिडने बाटो समेतको दुर्दसा हुँदा कसैले ध्यान न दिएको स्थानियहरु बताउँछन । स्थानिय सरकारबाट ठेक्का न लागेको सो नदिमा गैरकानूनी हिसाँवले माटो कारोवारीहरुले खोला उत्खनन गरेर करोडौंको माटो तस्करी गरी नव निर्मित उद्योगहरुमा बेच्दै गरेको भन्दै स्थानियहरु आक्रोसित भएका छन ।
बुढीखोलामा डोजर लगाएर १०–१५ फिट गहिरो भंगालो बनाउँदा समेत स्थानिय प्रशासनको ध्यान पुग्न न सकेको भन्दै स्थानियहरु थप आक्रोसित छन । बस्ती छेवमा रहेको बुढीखोलामा डोजर लगाएर नदि उत्खनन गरेर टिपर र ट्रयाक्टरबाट माटो बालुवा लाने क्रममा हिड्ने बाटो समेतको दुर्दसा भइरहेको स्थानियहरुको भनाइ छ । सरोकारवालाहरुले ध्यान न दिंदा वस्ती र करोडौंैंको पुललाइ उच्च जोखिममा पारेको उनिहरुको आरोप छ ।
दुहबी नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष माधव भण्डारीले सो ठाउँमा बालुवा र माटो प्रसोधनको कुनै ठेक्का न लागेको बताउँदै अवैध उत्खनन भइरहेको स्विकारे ।
केहि महिना अगाडी स्थानिय युवाहरुले अवैधानिक किसीमले प्रारिम्भक वातावरणीय परिक्षण प्रतिवेदन विपरित वस्ती र पुललाइ जेखिम पार्ने हिसाँवले माटो र बालुवा उत्खनन गरेको भन्दै दुहबी नगरपालिकामा उजुरी समेत दिएका थिए । उजुरी परेपछि दुहबी नगरपालिकाले तत्कालै सो अवैध उत्खनन रोक्न प्रशासनलाइ पत्रचार गरेपछि रोकिएको उत्खनन पुन सुरु भएको भन्दै स्थानियहरु आक्रोसित छन । ऐन अनुसार पुलबाट ५०० मिटर सम्म बालुवा र माटो उत्खनन गर्न न मिल्ने साथै घना वस्ती,सार्वजनिक स्थल र खोलाको बहाव बाट २०० मिटर सम्म गहिरो भंगालो बनाएर बालुवा र माटो उत्खनन गर्न मिल्दैन तर सरोकारवालाहरु मौन देखिंदा सो पुल, बाटो र खोला छेवको वस्ती उच्च जोखिममा परेको हो । सो बिषयमा इलाका प्रहरी कार्यालय दुहबीका प्रहरी निरीक्षक बुद्धि चौलागाँइले अवैध उत्खनन रोक्ने बताए ।





