• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

दुहबी ८ मा उद्योग निर्माणले स्थानीयलाइ प्रभाव पारेको भन्दै उजुरी

काेचिला खबर by काेचिला खबर
03/13/2023
in FEATURE, मुख्य, समाज, स्थानीय
131
SHARES
595
VIEWS
Share on FacebookShare on Twitter

दुहबी/ सुनसरीको दुहबी ८ स्थित घना बस्तिकै छेउमा गिरिस लुनियाको अरिहन्त इन्फ्रास्टक्चर प्रा.ली. उद्योग निर्माणले स्थानीयलाइ प्रभाव पारेको भन्दै उद्योग निर्माण कार्य रोक्न उजुरी दिएका छन् । सो निर्माणाधीन उद्योगले २०७९ साल माघ ३ गते दुहबी नगरपालिकाको इन्जिनियरिङ शाखाबाट स्थानीयहरु लगायत सार्वजनिक स्थलको हानी नोक्सानी प्रभाव पार्छ/ पार्दैन भन्ने १५ दिने सूचना गुपचुप रूपमा १ महिना २५ दिन पछि हिजो २०७९ साल फागुन २८ गते वडा कार्यालयमा सूचना टांस गरेर जालझेल गरेको भन्दै स्थानीयहरुको भिड सोमबार दुहबी वडा नम्बर ८ को वडा कार्यालयमा उजुरी लिएर पुगेका थिए ।

निर्माणाधीन उद्योगमा निर्माण सामाग्रीहरु लान ठुला-ठुला टिपर, ट्रकहरु प्रयोग गर्दा दुहबी ८ सोनापुरमा रहेको २ बर्ष अगाडी बनएको पक्की बाटो समेत भत्काएर दुर्दशा बनाएको भन्दै स्थानीयहरु आक्रोशित छन् । स्थानीय अमित राईका अनुसार सार्वजनिक सूचना लुकाएर जालझेल गरी उद्योग स्थापना गर्न खोजेको भन्दै दुहबी नगरपालिकामा समेत उद्योग स्थापना सिफारिसको विषयमा सूचनाको हक हालीसकेकोले उद्योग बन्द गराउन उच्च अदालत र अख्तियार सम्म जाने बताए ।

स्थानीय अनिता राईका अनुसार सो उद्योग निर्माणका कारण सडक बाटो दुर्दशा पारेर धुलो प्रदुषण गरे पछि आफुहरुले बिरोध गर्दा उद्योगबाट आएका केहि युवाहरुले धाक धम्की समेत दिएकोले पक्की सडक भत्काएर दुर्दशा पार्ने ट्रक टिपरहरु रोक्न र सो उद्योगको निर्माण कार्य बन्द गराउन वडा कार्यालयमा उजुरी दिन बाध्य भएको बताइन् । स्थानीय रमजान अलिका अनुसार सो निर्माणाधीन उद्योग छेउमा आफ्नो घर रहेको बताउदै आफुले लगातार बिरोध गर्दा यहाँ कुन उद्योग निर्माण हुदैछ अहिलेसम्म आफुलाइ कुनै जानकारी न दिएको बताए ।

स्थानीय राजकुमार श्रेष्ठका अनुसार पहिलै देखि दुहबी वडा नम्बर ८ मा अत्याधिक उद्योगहरुका कारण प्रदुषणको मार खेप्दै आएको, उद्योगका कारण प्रदुषणले बालबालिका र ज्येष्ठ नागरिकलाई स्वास प्रस्वासमा समस्या भएकोले विभिन्न रोगको शिकार हुने, कलको पानी सुक्ने गरेको र कालो छाइले हिड्न समेत समस्या भएको वेला घना वस्तीको बिचमा सो उद्योग निर्माण भइ रहेको बताउदैं भोलि भविष्यमा हुने प्रदुषणले अत्याधिक प्रभाव पार्ने भन्दै हस्ताक्षर अभियान सुरु गरेकोले आन्दोलन गर्ने बताए ।

छाताबेलि,सोनापुर र बिरगाउँ स्थित पुरानो वस्तीको छेउमा उद्योग स्थापना गर्न खोजेको भन्दै स्थानीयहरुले बिरोध गरेका छन् । पुरै दुहबी नगरपालिकालाई औधोगिक क्षेत्र बनाएर पुरानो वस्ती थात थलोवासीलाई विस्थापित गर्ने अधिकार कोइ कसैलाई न भएको भन्दै स्थानीयहरु आक्रोशित छन् । सो उद्योग निर्माण भएपछि उद्योग छेउमा रहेको पुरानो वस्ती, बिष्णु मावी स्कुल, खेलकुद मैदान, दुहबी ९ को वडा कार्यालय, स्वास्थ्य चौकि, खानेपानी योजना समेतलाई प्रदुषणको प्रभाव पार्ने भन्दै स्थानीयहरु आक्रोशित छन् । सो उद्योगको प्रारम्भिक वातावरणिय परिक्षण (IEE) पास गर्न न दिने भन्दै स्थानीयहरुले बिरोध गरेका हुन ।

उद्योगि गिरिस लुनिया र दुहबी नगरपालिकाको इन्जिनियरीङ शाखा ले वातावरण संरक्षण नियमावली २०५४ को नियम ७ अनुसार प्रारम्भिक वातावरणीय परिक्षण (IEE)प्रतीवेदन तयार गर्ने प्रयोजन पुर्व साध सँधियार र सार्वजनिक स्थललाई प्रभाव पार्ने विषयमा प्रकाशित गरिएको १५ दिने सार्वजनिक सूचना सो उद्योगि र दुहबी न.पा.को इन्जिनियरीङ शाखा कार्यालयका केही इन्जिनियरहरुको मिलेमतोमा गुपचुप जालसाजी गरी, आर्थिक चलखेल गरी प्रतिवेदन सिफारिस गरेको आरोप लगाउदैं स्थानीयहरु आक्रोशित छन् । सिफारिस विपरीत सो स्टिल उद्योग स्थापनाका कारण त्यस क्षेत्रको सामाजिक, आर्थिक, सांस्कृतिक, जैविक, भौतिक आदि क्षेत्रहरुलाई अत्याधिक प्रतिकुल र नकारात्मक प्रभाव पारेको आम जनता र सरकारी संघ संस्थाहरुलाई अत्यन्तै प्रभाव पारेको जग जाहेर हुँदा समेत सरोकारवाला बेखबर रहेको भन्दै सो उद्योगको प्रारम्भिक वातावरणिय परिक्षण(IEE)फेल भएको कानुन र नियमावली अनुसार ठहर भएको स्थानीयहरु
बताउँछन् ।

बस्ति लाई छोएर उद्योग स्थापना गर्दा भोलिको दिनमा उद्योग बाट अत्याधिक धुलो धुवाँ ध्वनि प्रदुषण हुँनुका साथै उद्योग बाट निस्किने बिषादी रासायनिक पानी , धुवाँ धुलोले बालबालिका तथा वृद्धहरुको स्वास्थ्यमा धेरै असर पर्न सक्ने भन्दै वातावरणिय प्रभाव मूल्यांकन(आइइइ) र स्थानियहरुको मुचुल्का सार्वजनिक गर्न माग राख्दै तत्काल उद्योग निर्माणकार्य रोकन संम्पुर्ण सरोकारबाला जनप्रतिनिध लगायतहरुसंग आग्रह समेत गरेका छन ।

दुहबी वडा नम्बर ८ का वडा अध्यक्ष तारिकचन्द्र सरदारले स्थानीयहरुको समस्यालाई सम्बोधन गर्दै स्थानीयहरुको मुद्दाको एजेन्डामा आफ्नो एक्यवद्धता रहेको प्रतिबद्धता जाहेर गरे । उनले भने उद्योग बन्द गराउन आफ्नो अधिकार क्षेत्र न रहेकोले उद्योगले स्थानीयलाई प्रभाव पारेको विषयमा उद्योगिलाई बोलाएर छलफल गराउनकासाथै स्थानीयहरु संग होस्टेमा हैंसे गर्दै संबंधित निकाय सम्म पुग्ने बताए ।
उता उद्योग ब्यबस्थापकका अनुसार आफुहरुले कानुन संवतनै उद्योग चलाउन हाललाई उद्योग निर्माणकार्य गरि रहंदा धुलो उडेको सडकमा दिनमा ३-४ पटक पानी हाली रहेको बताउदै उद्योगबाट स्थानीयमा पर्ने हरेक समस्याको समाधान गर्न उद्योग ब्यबस्थापन तयार रहेकोले सडक मर्मत सम्भार समेत गरेको बताए ।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

संसद पुनस्र्थापनाको माग राख्दै दुहबीमा एमालेको मोटरसाइकल र्‍याली

संसद पुनस्र्थापनाको माग राख्दै दुहबीमा एमालेको मोटरसाइकल र्‍याली

11/11/2025
दुहबीका दुई छाला उद्योगमा स्थानीयले गरे अनिश्चिति काल तालाबन्दी ।

दुहबीका दुई छाला उद्योगमा स्थानीयले गरे अनिश्चिति काल तालाबन्दी ।

11/11/2025
मेयर गच्छ्दार र भारतिय राजादुतावास बिच १८ करोडको त्रीपक्षिय लगानी सझौतामा हस्तान्तरण

मेयर गच्छ्दार र भारतिय राजादुतावास बिच १८ करोडको त्रीपक्षिय लगानी सझौतामा हस्तान्तरण

11/10/2025
बर्जुबाट २५७ किलो गाँजा सहित स्कार्पियो प्रहरीको नियन्त्रणमा

बर्जुबाट २५७ किलो गाँजा सहित स्कार्पियो प्रहरीको नियन्त्रणमा

11/08/2025
दुहबी नगर अस्पतालमाअँखा र कानको उपचार सेवा सुरु,मेयर गच्छदार द्वारा उद्घाटन

दुहबी नगर अस्पतालमाअँखा र कानको उपचार सेवा सुरु,मेयर गच्छदार द्वारा उद्घाटन

11/08/2025
दुहबी नगरपालीकाका प्रवक्ता चौधरीलाइ पत्नी  शोक

दुहबी नगरपालीकाका प्रवक्ता चौधरीलाइ पत्नी शोक

11/06/2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist