दुहबी/सुनसरीको दुहबीमा १३औं रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता समापन भएको छ । १३ औं रास्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा दुहबी नगरपालिकाको १५ वटा विद्यालयका विद्यार्थीहरुले भाग लिएका थिए जस्मा दुहबी १० को जनता मावी १६ स्वर्ण पदक २ रजत पदक र २ कास्य पदक सहित प्रथम भएको छ । यसैगरी दोस्रो स्थानमा दुहबी ८ स्थित रहेको थर्ड आइ पब्लिक स्कुल भएको छ । थर्ड आइ पब्लिक स्कुलले ४ स्वर्ण पदक ६ रजत पदक र ८ कास्य पदक सहित दोस्रो स्थान बनाउन सफल भएको हो । यसैगरी तेस्रो स्थान बनाउन सफल दुहबी ५ स्थित रहेको श्रीसरस्वती माविले ३ स्वर्ण पदक सहित ७ रजत पदक र ३ कास्य पदकमा चित्त बुझाएको छ ।
दुहबी नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा भएको उक्त प्रतियोगिता दुहबी ८ स्थित रहेको बिष्णु माध्यमिक विद्यालयको संयोजनमा पुरस्कार वितरण गरिएको बिष्णु मावी विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष ओम थापाले बताए । स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ सुरु भएको नगर स्तरीय खेलकुद प्रतियोगितामा दुहबीका निजि संस्थागत र सामुदायिक विद्यालयका विद्यार्थी खेलाडीहरुलाइ जिल्ला स्तरीय खेलकुद प्रतियोगितामा छनौट गर्ने उदेश्यले विभिन्न खेलकुद प्रवर्द्धन गर्न प्रतियोगिता गरिएको जनाइएको छ ।





