• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

श्री सरस्वती मावीको ६६ औं बार्षिकोत्सव समारोह सम्पन्न

काेचिला खबर by काेचिला खबर
02/07/2023
in FEATURE, मुख्य, समाज, स्थानीय
110
SHARES
499
VIEWS
Share on FacebookShare on Twitter

दुहबी/सुनसरीको दुहबी ५ स्थित श्री सरस्वती माध्यमिक विद्यालयको ६६ औं बार्षिकोत्सव समारोह, अभिभावक भेला, पुरस्कार छात्रवृत्ति वितरण तथा नव निर्मित भवनको समुदघाटन सम्पन्न भएको छ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष ब्रहमप्रकाश रौनियार को सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि दुहबी नगरपालिकाका मेयर बेदनारायण गच्छदारले श्री सरस्वती माध्यमिक विद्यालयले समाजमा गरेको योगदानको विषयमा चर्चा गर्दै दुहबीको सम्पुर्ण विद्यालयहरुमा नैतिक शिक्षा लागु गर्ने जानकारी दिदैं अभिभावक, शिक्षक र विद्यार्थीहरुको साझा प्रयासबाट शिक्षाको गुणस्तर बृद्धि गर्न सकिनेमा जोड दिएका थिए। श्री सरस्वती माध्यमिक विद्यालयको चौतर्फी बिकासका लागि सवै एक भएर लाग्नु पर्ने विद्यालयका प्रधान अध्यापक तेजप्रसाद तिम्सिनाले बताए ।

बार्षिकोत्सव समारोहको अवसरमा श्री सरस्वती माध्यमिक विद्यालयलाइ योगदान गर्ने विभिन्न ब्यक्तित्वलाई सम्मान समेत गरिएको थियो । बार्षिकोत्सव समारोह कार्यक्रममा दुहबी नगरपालिकाकी उपमेयर मेनुका पोखरेल खतिवडा, दुहबी नगरपालिकाका वडाअध्यक्षहरु, प्रमुख प्रशासकिय अधिकृत राजकुमार केसि लगायत स्थानीयहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।

विद्यालयको ६६औं वार्षिकोत्सवको अवसरमा यसै विद्यालयका २०४५ सालका एस.एल.सी. ब्याचका पूर्व विद्यार्थीहरुद्वारा स्थापित छात्रवृत्ति अक्षयकोषबाट कक्षा १० अध्ययनरत गरीब तथा जेहेन्दार एक छात्र र एक छात्रालाई जनही ५/५ हजारको दरले छात्रवृत्ति प्रदान गरिएको छ । यसै अवसरमा शैक्षिक योगदान गरे वापत सो समूहलाई विद्यालयले सम्मान समेत गरेको छ । विद्यालयको ६६ वर्षे इतिहासमा सो समूहले सर्वप्रथम रु १ लाखको छात्रवृत्ति अक्षयकोष स्थापना गरेका हुन् ।

आफूले ज्ञानको पहिलो ज्योति पाएको विद्या मन्दिर प्रति कर्तव्यवोध गर्दै र विद्यालयमा अध्ययन गर्ने गरीब तथा जेहेन्दार विद्यार्थीहरुको शिक्षा–दीक्षामा केही योगदान पु¥याउने उद्देश्यले केही सहपाठीहरु मिलेर यो कोष स्थापना गरिएको छात्रवृति कोष समितिका सचिव तथा सोही समूहका पूर्व विद्यार्थी दिपेन्द्र खतिवडाले बताए । शुरुमा यस कोषलाई बृहत बनाउने र अधिकाँश पूर्व विद्यार्थीहरु समेट्ने सोच भएतापनि तत्काल संभव नभएपछि २०४५ समूहले यसको शुरुवात् गरेको कुरा छात्रवृत्ति कोष समितिका सल्लाहकार तथा यसै विद्यालयका पूर्व विद्यार्थी एवं पूर्व शिक्षक जीवन थापा बताउछन। कोष समितिले संपूर्ण पूर्व विद्यार्थीहरुले स्वामित्व ग्रहण गर्दै कोषमा सकेको योगदान गर्न, यस पुनित अभियानमा प्रत्यक्ष सहभागी बनेर आफू अध्ययन गरेको विद्यालयको श्रीवृद्धिमा चासो राख्न समेत आव्हान गरेका हुँन ।

सामुदायिक विद्यालयको खस्कँदो शैक्षिक गुणस्तर २१औं शताब्दी अनुकूल प्रतिष्पर्धी शैक्षिक कार्यक्रम संचालन नहुनु र अभिभावहरुको संस्थागत विद्यालयमा आफ्ना छोराछोरी पढाउने चाहना र हुट्हुटीले सामुदायिक विद्यालय केवल शुल्क तिर्न नसक्ने परिवारका बालबालिकाहरु मात्रै अध्ययन गर्ने थलो भएको छ । राज्यको माध्यमिक तहसम्म निःशुल्क पढाउने नीति तथा कार्यक्रम भएतापनि गरीबी लगायत विविध कारणले सामुदायिक विद्यालयमा विद्यार्थी टिकाउन कठीन छ । यस अवस्थामा त्यस्ता विपन्न समुदायका जेहेन्दार विद्यार्थीहरुलाई अध्ययनलाई निरन्तरता दिलाउन यस्ता छात्रवृत्तिहरुले ठूलो टेवा पु¥याउँछ । नमूना विद्यालयको हैसियत पाएको यस विद्यालयको भौतिक अवस्था र स्वरुप निकै फेरिएको छ । नमूना विद्यालयको रुपमा शैक्षिक गुणस्तर वृद्धि गर्न धेरै नीतिगत र कार्यक्रमगत कार्यहरु गर्न बाँकी रहेकोले आगामी दिनमा शैक्षिक गुणस्तर र नतिजाको हिसाबले पनि विद्यालयले नमूना विद्यालयको परिचय स्थापित गर्न निकै कसरत गर्नूपर्ने देखिन्छ ।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

जनताको मनमा बसिन् चौधरी, जिततर्फ बलियो यात्रा

जनताको मनमा बसिन् चौधरी, जिततर्फ बलियो यात्रा

02/25/2026
विकास,रोजगारी र सुशासन केन्द्रमा राख्दै चौधरीको स्पष्ट रोडम्याप सार्वजनिक

विकास,रोजगारी र सुशासन केन्द्रमा राख्दै चौधरीको स्पष्ट रोडम्याप सार्वजनिक

02/23/2026
गफ होइन, काम गरेर देखाउँछु” — भगवती चौधरीको प्रतिबद्धता, समृद्ध सुनसरी–३ निर्माणको आह्वान ।

गफ होइन, काम गरेर देखाउँछु” — भगवती चौधरीको प्रतिबद्धता, समृद्ध सुनसरी–३ निर्माणको आह्वान ।

02/22/2026
सुनसरी ३ मा काङ्ग्रेस र रासपा उम्मेदवारद्वारा आचारसंहिता उल्लंघन सरोकारवाला मौन।

सुनसरी ३ मा काङ्ग्रेस र रासपा उम्मेदवारद्वारा आचारसंहिता उल्लंघन सरोकारवाला मौन।

02/21/2026
भलुवा अन्तर्राष्ट्रिय गोल्डकपको सेमिफाइनलमा झापा भोलिको खेल नाइजेरिया र सुनसरी बिच हुने छन ।

भलुवा गोल्डकपको फाइनलमा झापा प्रवेश भोलीको खेल गोल्डेन स्टार क्लब र नाइजेरिया बिच हुने ।

02/19/2026
भलुवा अन्तर्राष्ट्रिय गोल्डकपको सेमिफाइनलमा झापा भोलिको खेल नाइजेरिया र सुनसरी बिच हुने छन ।

नाइजेरिया भलुवा गोल्डकपको सेमिफाइनलमा प्रवेश भोलिको खेल झापा र मेमोरी युवा क्लब दुहबी बिच हुने ।

02/18/2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist