• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

मौसम विज्ञान विभागको चेतावनी, नदीहरूमा बहाव बढ्दो

काेचिला खबर by काेचिला खबर
07/09/2020
in मुख्य, स्थानीय
116
SHARES
526
VIEWS
Share on FacebookShare on Twitter

२५ असार, काठमाडौं । मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आगामी तीन दिन कन्काई, कोशी, कमला, बागमती, नारायणी र यसका सहायक नदीहरुमा बहाव बढ्ने भन्दै सतर्क रहन आग्रह गरेको छ । केही नदीहरुमा पानीको बहाव बढेर खतराको तहसम्म पुग्ने अनुमान छ ।

बिहीबार भने झापा, मोरङ, सुनसरी, उदयपुर, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही र आसपास भई बहने साना नदीमा आकस्मिक बहावको उच्च सम्भावना भएकाले तटिय क्षेत्रमा सतर्क रहन महाशाखाले सूचित गरेको छ ।

आज कोशी, बागमती, नारायणी, पश्चिम राप्ती र कर्णाली नदीमा पानीको बहाव बढ्दो छ । खोटाङ–ओखलढुंगाको दूधकोशी नदीको बहाव सतर्कता तहको आसपास पुगेको छ । सो क्षेत्रका बासिन्दालाई एसएमएसमार्फत् जोखिमको सूचना दिइएको छ ।

आज कन्काई, कमला, बागमतीमा सतर्कताको तहसम्म बहाव पुग्ने पूर्वानुमान गरिएको छ । यस्तै मेची, बिरिङ, निन्दा, लोहन्द्रा, चिसाङ, त्रियुगा, माउली, गगान, खाडो, रातो, चुरियाखोला, लालबकैया लगायत प्रदेश १, २ र बागमती प्रदेशका नदीहरुको बहाव सतर्कताको तहसम्म पुग्ने छ ।

आज र भोलि बागमती, गण्डकी र प्रदेश ५ को मध्यपहाडी, चुरे र तराईबाट बग्ने साना नदीहरुमा पनि आकस्मिक बहावको सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

राष्ट्रिय विपत जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले २५ असारदेखि २८ असारसम्म खासगरी प्रदेश नं. १, २, बागमती र गण्डकी प्रदेशमा यस वर्षकै सबैभन्दा बढी पानी पर्ने पूर्वानुमान गरिएको जनाएको छ । भारी वर्षाले बाढी र पहिरोको जोखिम हुने हुँदा सजग रहन भनिएको छ ।

खासगरी प्रदेश १ र २ का चुरे तथा तराई भएर बग्ने खोला तथा नदीहरुमा ठूलो बाढी आउनसक्ने हुनाले सो क्षेत्रका बासिन्दाहरुलाई सतर्क रहन आग्रह गरिएको छ ।

झापा, मोरङ, सुनसरी, सप्तरी, धनुषा, महोत्तरी, सिराहा, सर्लाही, बारा, पर्सा, रौतहट, चितवनलगायतका जिल्लाका होचा ठाउँमा डुबानको खतरा पनि छ ।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

दुहबीको महेन्द्र मेमोरियल स्कुलमा ३ दिने स्पोर्ट उत्सव सुरु

दुहबीको महेन्द्र मेमोरियल स्कुलमा ३ दिने स्पोर्ट उत्सव सुरु

02/04/2026
सुनसरी-३ मा चौधरी फेरि आफ्नो जित दोहोर्‍याउने दाउमा गच्छदार गुमेको विरासत फर्काउने प्रयासमा

सुनसरी-३ मा चौधरी फेरि आफ्नो जित दोहोर्‍याउने दाउमा गच्छदार गुमेको विरासत फर्काउने प्रयासमा

02/02/2026
स्थानीय तह:डेढ अर्ब डीपीआरमै,खोज्दा अभिलेख भेटिंदैन करोडौं खर्च,नअभिलेख न त कार्यान्वयन

स्थानीय तह:डेढ अर्ब डीपीआरमै,खोज्दा अभिलेख भेटिंदैन करोडौं खर्च,नअभिलेख न त कार्यान्वयन

01/27/2026
४९८ ज्येष्ठ नागरिक चुनावमा भिड्दै स्वतन्त्र र पुराना दलबाट धेरै

४९८ ज्येष्ठ नागरिक चुनावमा भिड्दै स्वतन्त्र र पुराना दलबाट धेरै

01/24/2026
मोरङ ६ मा मजदुर नेता ओपेन्द्र रायको उम्मेदवारी दर्ता ।

मोरङ ६ मा मजदुर नेता ओपेन्द्र रायको उम्मेदवारी दर्ता ।

01/20/2026
सुनसरी ३ मा चार दलको उमेदवार टुंगियो ।

सुनसरी ३ मा चार दलको उमेदवार टुंगियो ।

01/19/2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist