शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेलसँग आइतबार भएको छलफलमा आफ्नो माग पूरा हुने संकेत देखिएको र संवाद जारी रहेकाले आन्दोलन स्थगित गरिएको निजी तथा संस्थागत विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) का अध्यक्ष टिकाराम पुरीले जानकारी दिए ।
लकडाउन अवधीको पनि शुल्क संकलन गर्न नपाएको भन्दै विद्यालय सञ्चालकहरूले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका थिए । सरकारले आधारिक रुपमा असारबाट मात्रै अनलाइन कक्षा सुरु गरे पनि प्याब्सन र एनप्याब्सन (निजी तथा संस्थागत विद्यालय अर्गनाइजेसन)ले भने बैशाखदेखिकै शुल्क लिन पाउनुपर्ने माग गरिरहेका छन् ।
कोभिड–१९ महामारीबीच तुरुन्तै विद्यार्थी भर्ना गर्न पाउनुपर्ने उनीहरूको माग छ । सरकारले बैंक ब्याज र विद्यालय भवनको भाडा मिनाह जस्ता राहत प्याकेज ल्याउनु पर्ने पुरीको भनाइ छ ।
पढाइ अवरुद्ध नगर्ने निर्णय
अनलाइन, अफलाइन, रेडियो, टेलिभिजन र केवल टिभीमार्फत् भइरहेको कक्षा असार २२ गतेदेखि अनिश्चित कालका लागि रोक्ने घोषणा प्याब्सन र एनप्याब्सनले गरेका थिए । मन्त्रालय, शिक्षक महासंघ, अभिभावक संघ र निजी विद्यालयमा कार्यरत शिक्षकहरूसँगको संयुक्त छलफलपछि प्याब्सनले पढाइ अवरुद्ध नगर्ने निर्णय गरेको पुरीले जानकारी दिए ।
३१ लाख विद्यार्थी पढ्ने निजी विद्यालयहरूका लागि शिक्षा मन्त्रालयले राहत र सहजीकरण नगरेको एनप्याब्सनका अध्यक्ष ऋतुराज सापकोटा बताउँछन् । वार्ताबाट सकारात्मक नतिजा नआए पुनः आन्दोलन गर्ने सापकोटाले चेतावनी दिए ।
काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।
काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७
ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com
सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि
Design by :
© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.
© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.