दुहबी / सुनसरीको औद्योगिक नगरी दुहबी नगरपालिकामा मेयर पाए प्रदेश सांसदको भन्दा राम्रो हैसियत बन्ने देखेपछि धेरै नेताहरुले मेयरमा रुची देखाउँन थालेका छन् ।
आगामी बैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने सरकार को घोषणा सगै दुहबिमा पनि चुनावी सरगर्मी ह्वात्तै बढेको छ । बलियो जनाधार भएका पार्टीहरु नेपाली कांग्रेस र नेकपा एमालेले गाउँ–गाउँमा चुनावी अभियान स्वरुप संगठन बिस्तारलाई तिब्रता दिएका छन् ।
स्थानीय निर्वाचन आउँन करिब २ महिना मात्रै बाँकी रहेकाले नेताहरुले मेयरको उम्मेदवार बन्नका लागि प्रदेशदेखि केन्द्रसम्मका नेताहरुसँग आफ्नो पक्षमा लभिङ् सुरु गरेका छन् भने टिकटको लोभमा पार्टी प्रवेश सम्म गर्न थालेका छन।
२०७४ को स्थानीय निर्वाचनमा तत्कालिन मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले जितेको दुहबीमा बिजय गच्छदारको मधेसी जनअधिकार फोरम लोकतान्त्रिक काङ्ग्रेसमा समायोजन भए पछि शक्तिशाली बनेको कांग्रेस र एमालेबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ ।
अघिल्लो स्थानीय निर्वाचनमा तत्कालिन मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका उम्मेदवार बेदनारायण गच्छदारले ७८०० सय मत ल्याएर विजयी भएका थिए । उनले निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका गौरीशंकर रौनियार लाई १८०२ मतले पछाडि पार्दै बिजयी भएका थिए।
यसरी हेर्दा तत्कालिन मधेसी जनअधिकार फोरम लोकतान्त्रिक र नेपाली काङ्ग्रेस समायोजन भए पछि काङ्ग्रेस थप सक्तिसाली बनेको छ।
कांग्रेस बाहेक दुहबीमा अन्य पार्टी र स्वतन्त्र बाट मेयरको प्रतिस्पर्धामा उत्रीने ३ जनाले आकांक्षा देखाएका छन ।
नेपाली काङ्ग्रेसबाट बेदनारायण गच्छदार र दिपक राई मेयरको मुख्य आकांक्षि देखिएका छन भने एमाले तर्फबाट बिनय पोखरेलको चर्चा चलेको छ। यसैगरी जसपा बाट सरोज सिंह र स्वतन्त्रबाट ईन्द्र श्रेष्ठ आगामी मेयरको आकांक्षी देखिएका छन्।
मेयरका आकांक्षिहरु मध्ये बेदनारायण गच्छदार बर्तमान दुहबी नगरपालिकाको मेयर समेत हुन भने नेपाली काङ्ग्रेसको १४ औं माहाधिबेशनबाट निर्वाचित बर्तमान दुहबी नगर सभापति हुन। उनको नेपाली काङ्ग्रेसमा लामो समय देखि भुमिका रहेको छ। गच्छदार २०५२ सालदेखि काङ्ग्रेसको सकृय राजनिती मा प्रवेश गरेका हुन। उनले २०५२ सालमा तत्कालीन भलुवा गाबिस नेपाली काङ्ग्रेस सचिव हुँदै तत्कालीन क्षेत्र नम्बर २ सचीव हुँदै २०५४ सालमा नेपाल तरुण दल जिल्ला सदस्य बनेका थिए।
गच्छदार २०५६ तरुण दलको जिल्ला सचिव हुँदै २०५८ मा अध्यक्ष बनेका थिए। २०६८ सालमा मधेसी जनअधिकार फोरम लोकतान्त्रिक युवा समिति केन्द्रिय अध्यक्ष ,मुल पार्टीको केन्द्रिय कार्य सम्पादन समिति सदस्य हुँदै २०७० मा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको केन्द्रिय सदस्य बनेका थिए।
अर्का आकांक्षि दिपक राई नेपाली काङ्ग्रेसको १३ औं र १४ औं माहाधिबेशनबाट निर्वाचित माहाधिबेशन प्रतिनिधि हुन भने एन्फा का केन्द्रीय सदस्य समेत हुन। एमालेका बिनय कुमार पोखरेल लामो समयदेखी सकृय राजनितीमा लागेका नेता हुन। जसपाका सरोज कुमार सिंह गत ७४ सालको निर्वाचन देखि प्रतिपक्षको भुमिकामा रहेर राजनीतिमा सक्रिय छ्न भने स्वास्थ्य पेसामा लागेका सिंह सामाजिक कार्यमा अग्रसर भएका नेता हुन। स्वतन्त्रबाट मेयरका आकांक्षी बनेका युबा ब्यबसायी इन्द्र श्रेष्ठ सामाजिक अभियन्ता भएर सामाजिक कार्यमा अग्रसर देखिएका श्रेष्ठ गत ७४ सालको निर्वाचन पछि प्रतिपक्षको भुमिका खेल्दै सामाजिक संजालमा छाएका फ्रेस अनुहार हुन।





