• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

एकै परिवारका ६ जनाको हत्यामा संग्लग्न अभियुक्त सार्वजनिक:यस्तो छ घटनाको नालिबेलि

काेचिला खबर by काेचिला खबर
09/12/2021
in मुख्य
67
SHARES
305
VIEWS
Share on FacebookShare on Twitter

प्रदेश १ / संखुवासभाको मादी नगरपालिका-१ मा भाद्र २१ गते भएको एकै परिवारका ६ जनाको सामुहिक हत्यामा संग्लग्न स्थानीय २५ बर्षीय लोक बहादुर कार्की पक्राउ परेका छन् । कार्कीले भाद्र २१ गते छिमेकी ५५ बर्षीय तेज बहादुर कार्की, ५४ बर्षीया कमला भन्ने मनमाया कार्की, ३२ बर्षीया रञ्जना कार्की, ८ बर्षीय बिपिन भनिने दिपेन कार्की, ५ बर्षीया गोमा कार्की र ८४ बर्षीया पार्वती भन्ने पार्वता कार्कीको हत्या गरेका थिए ।

२१ गते बिहान करिव साँढे ६ बजेको समयमा कार्की परिवरको हत्या भएको भन्ने खबर प्राप्त भएसंगै तत्काल जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट प्रहरी टोली खटि घई घटनास्थल सुरक्षित राखेको तथा थप अनुसन्धानको लागी संघिय प्रहरी ईकाई कार्यालय धरानबाट डग सहितको प्रहरी टोली, १ नम्बर प्रदेश प्रहरी कार्यालयको अनुसन्धान टोली तथा केन्द्रीय अनुसन्धान ब्युरोको प्रहरी टोली समेत परिचानल भएको थियो ।

घटनाको सुक्ष्म तथा गहन अनुसन्धान गरिरहेको प्रहरी टोलीलाई थप सहजताको लागी अनुसन्धानको नेतृत्व गर्न १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरबाट खटिनुभएका प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण कुमार बि.सी. सहितको अनुसन्धान टोलीले सामुहिक हत्यामा संग्लग्न रहेका कार्कीलाई घटना भएको छैटौ दिनमा पक्राउ गरी प्रदेश प्रहरी प्रमुख सहितको उपस्थितीमा आज ईलाका प्रहरी कार्यालय चैनपुरमा पत्रकार सम्मेलन गरी सार्वजानिक गरिएको हो । पक्राउ परेका कार्की बैदेशीक रोजगारीको शिलशिलामा पटक पटक बिदेश गएता पनी स्थास्थ्यमा समस्या आई घर फर्की बसिरहेको र आफु बिदेशमा रहदा केही कमाउन नसकेको प्रति हिनताबोध भई समय समयमा बिक्षिप्त हुने गरेको र आफै आवेश तथा आक्रोश आई परिवारकै हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।

अभियुक्तका काका समेत रहेका मृतक तेज बहादुर कार्कीले समय समयमा सम्झाई बुझाई गर्दै आईरहेकोमा घटना भएको दिन बिहान मृतक तेज बहादुर कार्की अभियुक्तको घरमा खेताला भन्न गई फर्कने क्रममा अभियुक्तले बिगतमा आफुलाई सम्झाई बुझाई गरेको शब्दहरुलाई गाली गलौजको रुपमा लिई तत्काल आवेशमा आई नजिकै रहेको दाउराको चिर्पटले टाउको पछाडी प्रहार गरी हत्या गरेको तथा आफुलाई चिर्पटले प्रहार भए पश्चात हार गुहार गर्दा श्रीमती र बुहारी समेत घटनास्थलमा पुगेकोमा निजहरुलाई समेत प्रहार गरेको साथै घर नजिक बाटोको डिलमा रहेका दुई जना नावालकलाई समेत चिर्पटले प्रहार गरी हत्या गरी घरमा रहेकी पार्वता कार्कीलाई कपालमा समातेर भित्तामा टाउको ठोकाई हत्या गरी घटनामा प्रयोग भएको दाउरा घरमा लगेर आगो बालेको अनुसन्धानको क्रममा खुल्न आएको छ । शुरुमा तेज बहादुरको हत्या गरेका लोक बहादुरले तेज बहादुरको हत्या गरेको घर परिवारका अन्य सदस्यले समेत देखेको हुँदा घटनालाई ढाकछोप गर्न परिवारकै हत्या गरेको अनुसन्धानको क्रममा खुल्न आएको छ ।

पक्राउ परेका कार्कीको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट थप अनुसन्धान तथा कानूनी कारवाही भईरहेको छ ।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

खाँदबारी नगरपालिकाले गर्‍यो २९ करार र दैनिक ज्यालादारी कर्मचारीको सेवा सम्झौता रद्द

खाँदबारी नगरपालिकाले गर्‍यो २९ करार र दैनिक ज्यालादारी कर्मचारीको सेवा सम्झौता रद्द

10/08/2025
नक्कली नागरिकता प्रकरणमा वडा अध्यक्ष सुवोध राय पक्राउ ।

नक्कली नागरिकता प्रकरणमा वडा अध्यक्ष सुवोध राय पक्राउ ।

09/22/2025
जेनजी आन्दोलनका क्रममा लुटिएका सामग्री खरिदबिक्री गर्नेलाई कारबाही हुने

जेनजी आन्दोलनका क्रममा लुटिएका सामग्री खरिदबिक्री गर्नेलाई कारबाही हुने

09/14/2025
जेनजीले ८ सेप्टेम्बर माइतीघर मण्डला र संसद् भवन अगाडि भ्रष्टाचारविरुद्ध आन्दोलन गर्ने घोषणा

जेनजीले ८ सेप्टेम्बर माइतीघर मण्डला र संसद् भवन अगाडि भ्रष्टाचारविरुद्ध आन्दोलन गर्ने घोषणा

09/07/2025
वडाध्यक्षकै दोहोरो नागरिकता, छानबिन गर्दै प्रशासन ।

वडाध्यक्षकै दोहोरो नागरिकता, छानबिन गर्दै प्रशासन ।

08/11/2025
सामाजिक सञ्जाल भोलिदेखि निष्क्रिय गर्ने सरकारको तयारी

सामाजिक सञ्जाल भोलिदेखि निष्क्रिय गर्ने सरकारको तयारी

09/03/2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist