दुहबी/ सुनसरीको दुहबीमा ७ वर्षीया बालिकालाई जवर्जस्ति करणि गरेको आरोपमा एक प्रहरी जवान पक्राउ परेका छन्। झापा घर भई हाल सुनसरीको दुहबी ३ मा डेरा गरी बस्दै आएका एक परिवारका ७ वर्षीया नाबालिकलाई अस्थायी ट्राफिक प्रहरी कार्यालय दुहबीका एक प्रहरी जवानले जवर्जस्ति करणि गरेको भन्दै बालिकाको परिवारले हिजो शुक्रबार दुहबी प्रहरीमा उजुरी दिए पछि सो घटना बाहिरिएको हो ।
घटना बाहिरीए लगतै दुहबीका संचारकर्मिको टोलि घटना स्थल रिपोर्टिङ गर्न पीडित भनिएकी बालिकाको घरमा पुगि उनका बुवासंग बास्तविक घटना क्रम बुझ्न खोज्दा घटना घटेको सहि हो भनेपनि बांकी कुरा खुलेर बोल्न चाहेनन।
पक्राउ परेका आरोपित ट्राफिक प्रहरी जवान शेखर चौधरी परिवार सहित सोही बालिका बसेको घरको तल्लामा डेरा गरि बस्दै आएका थिए।
स्थानियसंग यस घटना बारेमा बुझ्दा बालिका आरोपित चौधरी बसेको कोठामा समय-समयमा खेल्न आउने जाने गरेको तर उक्त घट्ना घटेको दिन कोहि परिवारका सदस्य साथमा नरहेको बताए।
सो घट्नाको विषयमा इलाका प्रहरी कार्यलय दुहबीका प्रहरी निरीक्षक घनेन्द्रहाङ्ग खुजुमसंग बुझ्दा पिडितको उजुरिका आधारमा ट्राफिक प्रहरि जवान चौधरीलाई नियन्त्रणमा लिइ अनुसन्धान गरिरहेको बताउदै पिडित भनिएकी बालिकाको स्वास्थ परिक्षणको रिपोर्ट आइ नसकेकोले थप अनुसन्धान जारी रहेको बताए।





