• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

प्रदेश-१ मा फिल्डमा खटिनेलाई छैन, पहुँचवालालाई खोप !

काेचिला खबर by काेचिला खबर
06/02/2021
in मुख्य
86
SHARES
389
VIEWS
Share on FacebookShare on Twitter

विराटनगर । कोरोना महामारीमा खोप अभाव भएका बेला प्रदेश १ मा पहुँचका आधारमा धेरैले खोप लगाएको पाइएको छ ।

सीमा नाका र निषेधाज्ञा कार्यान्वयनका लागि फिल्डमा खटिने प्रहरीले समेत खोप नपाएका बेला नेता, उनीहरुका आफन्त, उद्योगी–व्यवसायी र कानुन व्यवसायीले भने पहुँच प्रयोग गरेर खोप लगाए । प्रदेश सरकारले पहुँचका आधारमा करिब ३०० खोप दिएको पाइएको छ ।

जेठ १४ गते विराटनगरको सिटी सिनेमा हलमा उद्योगी, व्यवसायीसमेत एक सय ७० जनाले कोभिसिल्ड खोपको दोस्रो डोज लगाए । सोही दिन विराटनगरका कानुन व्यावसायीका लागि ५० डोज खोप दिइएको थियो । त्यसअघि जेठ १२ गते प्रदेशको सामाजिक विकास मन्त्री उषाकला राईको क्वार्टरमा खोप अभियान सञ्चालन भयो । जहाँ नेता र उनीहरुका आफन्त गरी ८० जनाले खोप लगाए ।

फिल्डमा खटिने प्रहरीलाई छैन खोप

पहुँचका आधारमा खोप वितरण भइरहँदा मोरङमा कार्यरत चार सय ९६ प्रहरीले खोपको पहिलो डोज पनि पाएका छैनन् । कोभिसिल्डको पहिलो डोज लगाएका दुई सय १० जना प्रहरी कर्मचारी दोस्रो डोजको पर्खाइमा छन् ।

मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काका अनुसार जिल्लामा एक हजार दुई सय ६० जना प्रहरी कार्यरत छन् । त्यसबाहेक प्रदेश र गणबाट दैनिक एक भन्दा बढी प्रहरी निषेधाज्ञा कार्यान्वयनमा खटिएका छन् ।

खड्काका अनुसार जिल्लामा रहेकामध्ये पाँच सय ५२ जनाले मात्रै दुवै डोज लगाएका छन् ।

कोरोना महामारी नियन्त्रणमा खटिँदा दोस्रो लहरमा ४१ जना प्रहरीलाई संक्रमण देखिएको छ । तीमध्ये एक जना प्रहरी हवल्दारको मृत्यु भएको छ ।

‘नाका सुरक्षादेखि निषेधाज्ञा कार्यान्यनमा प्रहरी खटिएको छ,’ एसपी खड्काले भने, ‘सबै खालका मानिससँग एक्पोज हुनुपर्छ, खोप नलगाएका कारण संक्रमणको जोखिम उच्च छ

मन्त्री भन्छिन् : प्रपोगाण्डा भयो

सामाजिक विकास मन्त्री उषाकला राईले आफ्नो निवासमा खोप लगाइएको तर धेरै मानिस आएपछि तुरुन्तै बन्द गरेको बताइन् । ‘खोपका विषयमा विपक्षी दलबाट पनि फोन गर्नुभयो, सभामुखको मेडमले पनि लगाउन बाँकी रहेको, अब उहाँहरुलाई कहाँ पठाउने, म लगाएको बेलामा लगाइदिन्छु भनेको हुँ, त्यसै प्रपोगान्डा भइहाल्यो,’ उनले भनिन् ।

मन्त्री राईले सिटी हलमा व्यवसायीले लगाएको खोपबारे भने अनभिज्ञता प्रकट गरिन् । ‘म अक्सिजनको समस्या सामधान गर्न तर्फ लागेको थिए, पछि समाचारमा आएपछि मात्रै थाहा पाएँ,’ उनले भनिन्, ‘तुरुन्तै स्वास्थ्य कार्यालयका प्रमुखलाई बोलाएर सोधे, खोप लगाउनेहरुको नामावली मगाएँ, गलत भेटिए कारवाही हुन्छ ।’

मन्त्री राईले खोप अभाव भएपछि प्रदेश सरकारकै पहलमा बेलायतबाट खोप मगाउने गृहकार्य भइरहेको बताइन् । खोप मगाउने विषयमा मुख्यमन्त्री शेरधन राईसँग आफूले सल्लाह गरेको बताउँदै उनले बेलायतमा रहेका गैर आवशीय नेपाली( एनआरएन) मार्फत खोप खरिदको गृहकार्य भएको बताइन् ।

‘केन्द्र सरकारले ल्याउने खोप अलिक ढिलो होला,’ उनले भनिन्,‘ मुख्यमन्त्रीज्यूसँग सल्लाहपछि बेलायतबाट ल्याउन छलफल गर्दैछौं ।’

कहाँ–कहाँ लगाइयो खोप ?

जिल्ला स्वास्थ्य कार्यालय मोरङका अनुसार मोरङमा ६६ हजार ६ सय १५ जनाले पहिलो डोज लगाएका छन् । दोस्रो डोज लगाउनेको संख्या ११ हजार ३ सय छ ।
जिल्ला स्वास्थ्य कार्यालयका खोप अधिकृत रामानन्द यादवका अनुसार जेठ १२ गतेदेखि १७ गतेसम्म ८ सय डोज खोप लगाइएको छ । ८ सयमध्ये पाँच सय फ्रन्टलाइनरले पाएका छन् । तीन सय भने पहुँचका भरमा वितरण गरिएको थियो ।

स्वास्थ्य कार्यालयको विवरणअनुसार नेपाली सेनाका लागि एकस सय, शसस्त्र प्रहरी र नेपाल प्रहरीका लागि एक–एक सय, विराटनगर महानगरपालिकाका लागि ५०, कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रमा ५० डोज, अक्सिजन प्यलान्टका कर्मचारीका लागि ५० डोज खोप लगाएको थियो ।

‘हामीसँग ४० भाइल स्टक थियो, मन्त्रालयमा ५० भाइल माग्दा मन्त्रीको तोकमा थप ४० भाइल मात्रै आयो,’ उनले भने । ८० भाइल मध्ये १७ भाइल तोकिएको केन्द्र भन्दा बाहिर प्रयोग भएको उनले बताए । ‘मुख्यमन्त्रीको सचिवालयमा लगाउने भनेपछि हामीले स्वास्थ्यकर्मीसहित भ्याक्सिन पठायौं,’ उनले भने,‘ पछि सिटी सिनेमा हलमा कहाँबाट कसरी लगियो जानकारी भएन ।’

खोपको दुरुपयोग भएपछि प्रदेश १ का मुख्यमन्त्री शेरधन राईका प्रेस सल्लाहकार ध्रुव सुवेदी र सामाजिक विकास मन्त्रीको निजी सचिवालयले छुट्टा छुट्टै विज्ञप्ति जारी गर्दै खण्डन गरेका छन् ।
यो समाचार अनलाईन खबरमा हरि अधिकारीले लेखेको छ

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

भारत-पाकिस्तान द्वन्द्व : टीभी च्यानलको’आतंक’

भारत-पाकिस्तान द्वन्द्व : टीभी च्यानलको’आतंक’

05/10/2025
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रायल द्वारा ७१ उपसचिवको सरुवा–पदस्थापन ( सुची सहित )

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रायल द्वारा ७१ उपसचिवको सरुवा–पदस्थापन ( सुची सहित )

02/18/2025
महाकुम्भ स्नान गरेर फर्कंदै गर्दा गाडी दुर्घटनामा परी ५ नेपालीको मृत्यु, ४ जना गम्भीर घाइते ।

महाकुम्भ स्नान गरेर फर्कंदै गर्दा गाडी दुर्घटनामा परी ५ नेपालीको मृत्यु, ४ जना गम्भीर घाइते ।

02/01/2025
रास्वपाले भन्यो- सामाजिक सञ्जालसम्बन्धी विधेयकको नियत ठिक छैन, स्वीकार गर्दैनौं

रास्वपाले भन्यो- सामाजिक सञ्जालसम्बन्धी विधेयकको नियत ठिक छैन, स्वीकार गर्दैनौं

01/30/2025
सूचना दिन नमान्ने विश्वविद्यालय र कार्यालय विरुद्ध मुद्दा दायरको तयारी

सूचना दिन नमान्ने विश्वविद्यालय र कार्यालय विरुद्ध मुद्दा दायरको तयारी

01/05/2025
काठमाडौं आउजाउ गर्दा कोशीका मुख्यमन्त्रीको हवाई टिकटमा झण्डै ३५ लाख खर्च ।

काठमाडौं आउजाउ गर्दा कोशीका मुख्यमन्त्रीको हवाई टिकटमा झण्डै ३५ लाख खर्च ।

12/29/2024

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist