दुहबी / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अन्तर पार्टी निर्देशन (अपानि) जारी गर्दै सुनसरी जिल्ला इन्चार्जमा भगवती चौधरीलाई थप गरेका छन् ।
जगदीश कुसियतलाई इन्चार्जको जिम्मेवारी दिइएपछि १० वैशाखको बैठकमा असन्तुष्टि जनाउँदै चौधरी बाहिरिएकी थिइन्
तर, अपानि मार्फत् कुशवाह र चौधरी दुवै जना इन्चार्ज भएको जानकारी दिइएको छ ।
जिल्लामा एउटै इन्चार्ज हुन्छ तर हामी सुनसरीमा दुई जना इन्चार्ज भयौ । यो अलिक भएन कि ?’, चौधरीले भनिन् । पार्टीभित्र अन्तरसंघर्ष गरेपछि इन्चार्जको भूमिका पाएको पनि उनले बताइन् ।